स्याङ्जा । चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ (२००८), स्याङ्जाले “स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम- २०८३ वैशाख १६ गते बुधवारका दिन आज वालिङ नगरपालिका- ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरेको छ ।
युवा स्रष्टा पारिश्वर
न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्ताद्वय अग्रज स्रष्टा
ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले "स्रष्टा : राज्यसत्ताको स्थायी
प्रतिपक्ष" को विषयमा सारगर्वित विचार प्रस्तुत गरेका थिए भने शैक्षिक
व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्याङ्जाली
स्रष्टाहरु शोभाकान्त रेग्मी, वसन्त खनाल, शम्भु अर्याल, नारायणप्रसाद रेग्मी, सुलव खनाल र ढालबहादुर के.सी. लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए
।
कार्यक्रमको सहजीकरण
युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।
