पोखरा-३३ को भीमसेन नेवाः खलः मिसा पुँचको नयाँ कार्यसमिति चयन - EDUCATION NEWS NEPAL

अपडेट

Friday, May 1, 2026

पोखरा-३३ को भीमसेन नेवाः खलः मिसा पुँचको नयाँ कार्यसमिति चयन

 



पोखरा, वैशाख १८ गते । पोखरा–३३ मा क्रियाशील भीमसेन नेवाः खलः अन्तर्गत रहेको मिसा पुँचको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शुक्रवार सम्पन्न भएको छ । नेवारी समुदायको अस्तित्व, पहिचान, संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो ।

उक्त कार्यक्रम भीमसेन नेवा खलः का सल्लाहकार तथा ज्येष्ठ नागरिक भीमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा भीमसेन नेवा खलः का निवर्तमान अध्यक्ष तथा सल्लाहकार लीलबहादुर श्रेष्ठ र भीमसेन नेवाः खलः का अध्यक्ष कृष्णकुमार श्रेष्ठले संस्थाको स्थापनादेखि हालसम्म भएका गतिविधि तथा संस्थाको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । साथै, भीमसेन नेवा खला ल्ह्याम: पुँचका अध्यक्ष रेशमलाल श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

निर्वाचनबाट मन्दिरा श्रेष्ठ अध्यक्षमा चयन भएकी छन् । त्यसैगरी उपाध्यक्षमा सुमित्रा श्रेष्ठ, सचिवमा मुना ढेवाजू श्रेष्ठ, कोषाध्यक्षमा कृपा श्रेष्ठ तथा सहसचिवमा मुना गुभाजू श्रेष्ठ चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा सरिता श्रेष्ठ, सम्झना श्रेष्ठ, रीता श्रेष्ठ, सरिता श्रेष्ठ, बसुन्धरा श्रेष्ठ र सरिता श्रेष्ठ चयन भएका छन् ।

आयोजित कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव मुना ढेवाजु श्रेष्ठले गरेकी थिइन् ।