चिल्ड्रेन–नेपालको २७ औं साधारणसभा सम्पन्न



पोखरा । चिल्डेन–नेपालको २७ औं बार्षिक साधारणसभा संस्थाको कार्यालय मासबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्त पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संक्षिप्त परिचय दिदैं संस्थाको दिगोपन र आत्मनिर्भरका लागी प्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राखेका थिए । संस्थाको स्थापनादेखि हालसम्म कठिन परिस्थितिमा रहेका हजारौँ बालबालिका, युवा, महिला र तिनका परिवारहरुको निम्ति सामाजिक र मानवीय सेवा प्रदान गर्ने अवसर प्राप्त भएकोमा हामीलाई खुशी लागेको छ । संस्थाले बालअधिकार प्रवद्र्धन, शान्ति, वातावरण संरक्षण, महिला सशक्तीकरण, दिगो विकास र सामाजिक परिवर्तनको क्षेत्रमा कार्यरत यस संस्थाले आफ्नो स्थापना २०५२ सालदेखि सडक, श्रमिक, दलित, अपाङ्ग लगायत विभिन्न खाले जोखिममा परेका सिमान्तकृत समुदायका बालबालिका, युवा, महिला र तिनका परिवारलाई केन्द्रित गरी सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको कुरा बताउनु भएको थियो ।संस्थामा यो उपलब्धि प्राप्त गर्नको लागी कार्यसमिति पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरु, बिभिन्न सहयोगी संघ संस्था सरोकार निकाय एबं शुभचिन्तकको साथ मिलेको र सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको कुरा बताएका थिए । संस्थाले लक्षित समुहलाई प्रदान गर्दै आएको सेवालाई प्रभाबकारी बनाउदै लैजाने कुरामा समेत जोड दिएका थिए । सोही क्रममा कार्यकारी निर्देशक शर्माले संस्थालाई साथ र सहयोग गर्ने संस्थाका कर्मचारी,राज्यका निकाय,स्थानीय तह, प्रशासन र सम्पुर्ण सरोकारवालाहरुलाई समेत धन्यबाद दिएका थिए । संस्थाका कार्यसमिति सदस्य र संलग्न कर्मचारीहरु र स्वमसेवकहरुकोे अहोरात्रको खटन, मेहनतका कारण संस्थाले सफलता हासिल गर्दै आएको कुरामा जोड दिएका थिए । साधारण सभामा संस्थाको बार्षिक समाचार पुस्तिका “उज्यालोको खोजी २०८०” को संस्थाका अध्यक्ष शान्त पौडेल र कार्यसमिति सदस्यबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो ।

संस्थाले कार्य सम्पादन मुल्याङकनबाट यस बर्ष उत्कृष्ट कर्मचारीको रुपमा छनौट भएका ब्यबस्थापन अधिकृत लक्ष्मि देबी शर्र्मा र सह संयोजक दुमनाथ शर्मालाई प्रशंसा पत्र नगद र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसै गरी संस्थाको काठमाण्डौ सम्पर्क कार्यलयमा रहेर आफनो जिम्मेवारी पुरा गर्दै  ग्रामिण बिकास बिषयबाट स्नातकोत्तर तह उत्तिर्ण गरेकोमा कर्मचारी बिना तामाङ लाई प्रशंसा पत्र नगदबाट सम्मान गरिएको थियो । कार्यक्रममा सहयोगी संस्था चिल्डे«न–नेपाल डेनमार्कका संस्थापक अध्यक्ष एभभच इचतखबमि लाई प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।सोही क्रममा संस्थाद्धारा संचालित सुर्यमुखी हस्तकला कार्यक्रममा संलग्न उत्पादक महिलाहरुलाई समेत पुरस्कृत गरीएको थियो ।

२७ औं बार्षिक साधारणसभामा संस्थाको आ ब २०७९/०८० को प्रगती प्रतिबेदन संस्थाका महासचिब जयन्द्र भट्टराईले प्रस्तुत गरेका थिए, भने आ ब २०७९÷०८० को  आर्थिक प्रतिबेदन र आगामी बर्ष २०८०/०८१ को कार्यक्रम र बजेट संस्थाका कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदनहरुलाई सम्मानित सभाबाट सर्बसम्मत पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरुलाई  कार्य समिति सदस्य कृष्ण प्रसाद खरालले स्वागत गरेका थिए, भने साधारण सदस्यको तर्फबाट मिना भण्डारी र कार्यसमितिको तर्फबाट रामचन्द्र पौडेलले सभामा शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिब राधा देबी शर्माले संचालन गर्नु भएको उक्त साधारण सभामा संस्थाका निबर्तमान अध्यक्ष भिमलाल गुरुङले उपस्थित सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेका थिए ।

Post a Comment

Previous Post Next Post