सहिद दिवसमा सार्वजनिक बिदा नहुने



काठमाडौँ । सहिद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ ।  माघ १६ गते मङ्गलवार पर्ने सहिद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को बैठकले सहिद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो । यो वर्ष गरेको निर्णय अर्को वर्ष लागू हुन्छ’, उनले भने, ‘यो वर्षको बिदा गत वर्ष नै निर्धारण भएको हुनाले बिदा नदिएरै अन्य कार्यक्रम गरेर सहिदहरूप्रति सम्मान व्यक्त गरिने छ ।’

सहिद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । तर, सरकारी कार्यालयहरू खुल्ने छन् । सहिद दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलवार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो रहेको थियो । सहिद दिवसमा लिइने सार्वजनिक बिदा २०८१ देखि लागू हुने छ ।

यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ १६ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन् ।

साभारः प्रशासन डटकम

Post a Comment

Previous Post Next Post