पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि
वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर धनराज आचार्यले विहिवार नगर
सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
महानगरले
शिक्षातर्फ विविध कार्ययोजना प्रस्तुत गरेको छ ।
शिक्षा तर्फः
३८. बालबालिकाहरुलाई प्रारम्भीक बाल कक्षामा
भर्नाको सुनिश्चितता गरी बालविकास सिकाई पश्चात् कक्षा १ मा भर्ना हुने दर वृद्धि
गरिनेछ । महानगर भित्रका बालविकास सहजकर्ताहरूको वृत्तिविकास तथा न्यूनतम
पारिश्रमिकको सुनिश्चितता गर्दै उनीहरूलाई नवीनतम बालबिकास सम्बन्धी प्रयोगात्मक
प्रशिक्षणको व्यवस्था गरिने छ । निजी क्षेत्रबाट सञ्चालित पूर्व–प्राथमिक
विद्यालयहरूको प्रभावकारी अनुगमन, नियमन र मापदण्ड निर्धारण
गर्दै गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ ।
३९. आधारभुत तहको शिक्षालाई अनिवार्य तथा
निःशुल्क शिक्षाको प्रत्याभूती हुने गरी शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा कक्षाकोठाको सिकाईलाई प्रभावकारी बनाउन संघीय
सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ । माध्यमिक तहको
शिक्षालाई सूचना प्रविधिको प्रयोग मार्फत विद्यार्थीहरुमा स्वअध्ययन तथा
सिर्जनात्मक क्षमताको विकासमा जोड दिइनेछ । संस्कारयुक्त नवपुस्ता निर्माणका लागि
बालबालिकालाई “हाम्रा नानी, कति ज्ञानी” अभिमुखिकरण
कार्यक्रम सञ्चालन गरिनेछ ।
४०. प्राविधिक शिक्षालाई जीवनोपयोगी बनाउन
बजारको माग अनुसार रोजगारमूलक प्राविधिक शिक्षा संचालन भएको विद्यालयलाई थप
सुदृढिकरण गरिनेछ । सामुदायिक सिकाई केन्द्रलाई सामुदायिक विकास र जनचेतना तथा
साक्षरतासँग जोड्दै साक्षर नागरिकलाई सीपमुलक एवं व्यवसायिक तालिम मार्फत
आत्मनिर्भर बनाईनेछ ।
४१.फरक क्षमता भएका बालबालिकाको वृहत्तर हितका
लागि महानगर क्षेत्रमा संचालनमा रहेका श्रोत कक्षाहरुलाई थप व्यवस्थित बनाइनेछ ।
गत आ.व देखी संचालनमा आएका अटिजम र श्रवण दृष्टिविहिन स्रोत कक्षालाई सुविधा
सम्पन्न बनाउँदै डाउनसिन्ड्रोम लगायत वौद्धिक अपाङ्गताको श्रोत कक्षा संचालनमा
ल्याइनेछ ।
४२. शैक्षिक गुणस्तर सुधार र स्वच्छ
प्रतिस्पर्धाका लागि कक्षा ८ को परीक्षालाई समुह विद्यालयको केन्द्र बनाई परीक्षा
संचालनलाई निरन्तरता दिइने छ । वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हाषिल गर्ने
विद्यालय,
विद्यार्थी, शिक्षकहरुलाई उचित प्रोत्साहन
प्रदान गरिनेछ । महानगरको ग्रामिण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुले
सञ्चालन गरिरहेका विद्यालय बसहरुमा चालकको व्यवस्था गरिने छ ।
४३. सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि
यसअघि नै जारी गरिएको ५६ बुँदे विद्यालय सुधार कार्ययोजना कार्यान्वयनको
प्रभावकारी अनुगमन गरी प्रध्यानाध्यापकहरुको कार्य सम्पादनको मूल्यांकनका आधारमा
प्रोत्साहनको व्यवस्था गरिनेछ ।
४४. गण्डकी बहुप्राविधिक शिक्षालयलाई स्वायत्त
संस्थाका रूपमा विकास गरी आत्मनिर्भर, प्रविधिमैत्री
तथा उद्योगसँग प्रत्यक्ष जोडिने उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा स्थापित
गरिनेछ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक, रोजगारमुखी
र उत्पादनमुखी बनाउँदै शिक्षालयमा क्रमशः Artificial Intelligence (AI),
Robotics, Automation, Electric Vehicle (EV) Technology, Information Technology,
Hotel Management, Renewable Energy तथा Digital
Entrepreneurship सम्बन्धी आधुनिक शैक्षिक कार्यक्रम क्रमशः सञ्चालन
गर्दै लगिनेछ ।
४५. अन्तर्राष्ट्रिय स्तरको सीप विकासका लागि
डिजिटल प्रयोगशाला, Smart Classroom तथा
Industry-Based Training System स्थापना गरी विद्यार्थीलाई दक्ष
जनशक्तिको रुपमा तयार गरिनेछ । स्थानीय उत्पादन, पर्यटन,
कृषि, सूचना प्रविधि तथा निर्माण क्षेत्रसँग
सम्बन्धित व्यवहारिक परियोजना मार्फत आत्मनिर्भर उत्पादनमा विशेष जोड दिइनेछ ।
४६. महिला सशक्तीकरण तथा प्राविधिक शिक्षामा
महिलाको सहभागिता अभिवृद्धि गर्न “One Ward One Woman Technical
Manpower” कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत प्रत्येक वडाबाट
हरेक सेमेस्टरमा कम्तीमा एक जना महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षामा
छात्रवृत्ति साथै सीपमुलक तालिम प्रदान गरी रोजगारीसँग जोड्ने विशेष व्यवस्था
गरिनेछ ।
४७. स्थानीय उद्योग, बैंक तथा वित्तिय संस्था, अस्पताल, होटल तथा IT कम्पनीहरूसँग सहकार्य गरी Internship,
व्यावसायिक अभ्यास तालिम तथा Job Placement Program लागू गरिनेछ । “पढ्दै कमाउदै” अवधारणा अनुसार विद्यार्थीलाई अध्ययनसँगै
आम्दानी र उद्यमशीलतासँग जोडिने वातावरण सिर्जना गरिनेछ । स्थानीय पाठ्यक्रममा रिसाईकल अपसाईकल बारे
अध्ययन÷अवलोकन लागयत विषयहरु थप सामावेश गरिनेछ ।
४८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका
पहिचान कमाएका विभिन्न खेलहरुको महानगर स्तरीय विभिन्न प्रतियोगिता संचालन गरी
खेलाडीको शारीरिक, मानसिक, संवेगात्मक
विकास गरी प्रतिष्पर्धी खेलाडी उत्पादन गरिनेछ । विगतदेखि नै सञ्चालन गरिँदै आएको
महानगर स्तरीय मेयर कप खेलकुद महोत्सवलाई निरन्तरता दिइनेछ ।
४९. यूवालाई समयसापेक्ष प्राविधिक, ज्ञान, सिप तथा स्वरोजगारमुलक बनाउन यूवा लक्षित
तालिम, प्रशिक्षण र यूवा परिचालन लगायतका कार्यक्रमहरु
संचालन गरिनेछ । नगर युवा परिषद्ले तयार गरेको पञ्चवर्षिय रणनीतिक योजनाअनुसार
युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा व्यवस्थित गरिनेछ । दिगो फोहर
व्यवस्थापनका लागि विद्यार्थी जीवनबाट नै व्यवहार परिवर्तन गर्न पोखरा
महानगरपालिकाका सबै विद्यालयमा Recycling and upcycling / Green Club गठन गरिने छ र Recycling Upcyling को विषयवस्तुलाइ
स्थानीय पाठ्यक्रममा समावेश गरिनेछ ।
५०. नगर क्षेत्रको कला, साहित्य, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि साहित्य महोत्सव लगायत विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई प्रत्येक पाँच वर्षमा पोखरेली नवरत्न सम्मान प्रदान गर्न कानुनी व्यवस्था गरिएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानलाई पोखरा घरमा व्यवस्थित गरी प्रभावकारी सञ्चालनको व्यवस्था मिलाइनेछ । पोखराको प्रतिनिधित्व र प्रतिध्वनी हुने पोखरा Theme Song (गीत) तयार गरिनेछ ।

0 Comments