Ticker

6/recent/ticker-posts

रामबालोदय आविको ६६ औँ वार्षिकोत्सव

 


रामकुमार श्रेष्ठ

सूर्यपाल (लमजुङ) । मध्यनेपाल नगरपालिका ३, सूर्यपाल  स्थित श्री रामबालोदय आधारभूत विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान एवम् विविध शैक्षिक र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम भुपु बिद्यार्थी तथा चिन्तक सम्मान, अक्षयकोष पुरस्कार प्रदान, चन्दादाता अभिनन्दन, अन्तर विदयालय कार्यक्रम गर्दै विद्यालयको वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस सम्पन्न भएको हो ।

प्रमुख आतिथि वडाध्यक्ष केशव न्यौपानेले समायनुकूल वडाको शैक्षिक, भौतिक, आर्थिक, सामाजिकलगायतका विकास निर्माणका लागि आफ्नो टिम खटिइरहेको बताए । विद्यालयमा विद्यार्थी घट्दै गइरहेको अवस्थामा पनि अभिभावकलाई निराश नहुन आग्रहका साथ नयाँ शैक्षिक योजना र कार्यक्रम निर्माण गर्ने पनि उनले बताए । वडाको शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षालगायतका विषयमा आफ्नो टिम योजनाबद्ध रूपमा अघि बढिरहेको पनि वडाध्यक्ष न्यौपानेले बताए । त्यसै गरी जिल्ला समन्वय समिति सदस्य शारदा गोदार साँखी, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, मङ्गला माविका अध्यक्ष लक्ष्मण बसौला, मङ्गला मावि शिक्षक/अभिभावक संघका अध्यक्ष सूर्यलाल श्रेष्ठ, मङ्गला मावि का प्रअ विष्णुहरि बास्तोला, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य किसान सङ्गीत, नागभैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्तलाल श्रेष्ठले शुभकामना व्यक्त गरे ।

त्यसै गरी भैरवकाली माविका प्रधानाध्यपक हरिश्चन्द्र लम्साल, रामबालोदय आविका पूर्वप्रअ परशुराम न्यौपाने, सम्झना माविका प्रधानाध्यपक सन्तोष तिवारी, पूर्वप्रअ मेमबहादुर गुरुङलगायतले पनि शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सुझाव दिए । कार्यक्रममा प्रधानाध्यापक बाबुराम साँखीले शैक्षिक प्रतिवेदनसहित चालुआवमा विद्यालयमा भएको ३५ लाख रुपियाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।

सो अवसरमा विद्यार्थी एवम् शिक्षिकाहरूबाट नृत्य सँगसँगै स्थानीयसमेत रहेका गायक प्रकाश थापाले साङ्गीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरे । त्यस्तै विविध विद्यालयका बिच मेमोरी टेस्ट प्रतियोगिता, अभिभावक महिला मेच घुमाइ प्रतियोगिता लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको थियो । मेमोरी टेस्टमा रिस्ती विकास इङ्लिस बोर्डिङ स्कुल, सोतीपसल प्रथम, मङ्गला मावि द्वितीय, मालिका आधारभूत विद्यालय, रम्घा तृतीय र बालविकास मावि, तान्द्राङटक्सार सान्त्वना भए । त्यसै गरी अभिभावक महिला म्युजिकल चियरतर्फ कविता साँखी प्रथम, आइतीमाया नेपाली द्वितीय र अस्मिता साँखी तृतीय भए ।  

भुपू विद्यार्थीबाट प्राप्त आर्थिक सहयोगमा जडान गरिएको व्यवस्थित साउण्ड सिस्टम र टेण्टका बारेमा बताउँदै आर्थिक सहयोगमा जुट्ने भुपू विद्यार्थी तथा शुभचिन्तकहरूलाई खादा तथा अबिर मालाद्वारा सम्मान गरियो ।

सो अवसरमा शैक्षिक गुणस्तरका आधारमा शिक्षक सीता थापा, भौतिक प्रगतिका आधारमा शिक्षिका अर्चना अधिकारी पौडेल र रामकुमार श्रेष्ठ पुरस्कृत भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका कान्छी मनमाया साँखीले स्वागत एवम् शिक्षक रामकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरे a

 

Post a Comment

0 Comments