Top News

अनलाइन अभिलेखद्वारा स्रष्टा सम्मान


 

पोखरा । अनलाइन अभिलेख प्रालिले चार जना पोखरेली साहित्यकारहरुलाई ‘अभिलेख सम्मान’ बाट सम्मानित गरेको छ। सम्मानित हुने साहित्यकारहरुमा सरस्वती श्रेष्ठ सरु, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र सञ्जीव पौडेल रहेका छन् ।

पुछारसिटे अभियानको आयोजनामा कथाकार डा. पुरण राईको कथा सङ्ग्रह ‘अस्तु’ को परिचर्चा कार्यक्रमसँगै सम्मान गरिएको हो ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समिक्षक सञ्जीव पौडेलले अस्तु कथा सङ्ग्रहको समीक्षा गर्दै, कथाकार पुरण राईका कथा लेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरु मौलिक रहेको , विषयवस्तुको चयन , आख्यान बुनौट शैली र प्रस्तुती प्रशंसनीय रहेको बताउनु भयो।
स्रष्टा परिचय दिदै दीपक समीपले डा पुरण राई साहित्यको विविध विधामा उतिकै सबलरुपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रुपमा चिनाउनुभयो।

प्रमुख अतिथि साहित्यकार सरुभक्तले पुरण राईको लेखन प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो। कथाकार डा पुरण राईले आफ्नो लेखन पक्षको बारेमा बताउदै लेखकले आफ्नो समाजकोलागि केही न केही योगदान दिनु पर्न बताउँदै आफूले साहित्य लेखनको साथ साथै अनलाइन अभिलेख स्थापना गरि साहित्यको उन्नयनकोलागि विविध क्रियाकलाप गर्दै आइरहेको बताउनु भयो।

वरिष्ठ साहित्यकार सरुभक्त र अनलाइन अभिलेखका डा पुरण राईले संयुक्त रुपमा साहित्यकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा सम्मानित गर्नु भएको थियो।

पुछारसिटे अभियानका सुरज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम श्रीराम अधिकारी गोर्जेले चलाउनुभएको थियो

Post a Comment

Previous Post Next Post