८०औं लघुकथा वाचन सम्पन्न

 


पोखरा, पुस १२ गते । लघुकथा प्रतिष्ठान पोखराद्वारा आयोजित ८० औं नियमित लघुकथा वाचन सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले पोखरामा लघुकथाका उत्साहजनक कार्यक्रम भइरहेको र प्रतिष्ठान स्थापना भएपछि लघुकथा वाचन हालका दिनमा साहित्य महोत्सवमा पनि जोडिएकामा खुसी व्यक्त गरे । 'लघुकथा आफू खुसीभन्दा सिद्धान्त र सीमामा रहेर लेखिने हुँदा यसमा स्वतन्त्रता कम हुन्छ ।'  उनले भने ।

कार्यक्रममा ढाकामोहन बराल, गायत्री पराजुली, स्ट्रगल राना, कृष्णप्रसाद (राजु) बास्तोला, धनबहादुर नेपाली, डा. नवराज न्यौपाने, नारायण परिश्रमी, गीता तिवारी,  काजी गाउँले, विद्या विमल बराल, लक्ष्मण गौतम 'हिमाली', विष्णु बास्तोला, सल्लाहकारहरू लक्ष्मण थापा, सरुभक्त, अल्पविराम पोखरेलीलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए।  प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले लघुकथाकारहरुलाई स्वागत गरेकी थिइन् भने प्रतिष्ठानका सचिव विष्णु बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन गर्दै आएको छ।

Post a Comment

Previous Post Next Post