पोखरा, असार ७ गते । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २८५औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।
सो अवसरमा साहित्यकार
नारायण बास्तोलाको विशेष रचना वाचन भएको थियो । उनले विशेष रचना कर्खा, झ्याउरे र असारे भाकाका गीतसहित आफ्ना रचना सुनाएका थिए ।
कार्यक्रममा वामबुद्धिजीवी
रामराज रेग्मी, रघुनाथ अधिकारी, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाट,
प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्यायले
साहित्य शृङ्खालले प्रगतिशील साहित्य र सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानको
चर्चा गरेका थिए ।
कार्यक्रममा लघुकथा
प्रतिष्ठानका संस्थापक अध्यक्ष अल्पबिराम पोखरेली, प्रतिष्ठानकै
सचिव विष्णु बास्तोला, डिलबहादुर थापा, लक्ष्मण थापा, मातृकाप्रसाद
ढुङ्गाना, नारायण परिश्रमी, धनबहादुर
नेपाली, लक्ष्मी थापा, विद्याविमल बराल, ढाकामोहन बराल, छविलाल आचार्य, लोचना अधिकारी,प्र तिभा तिमिल्सिना, एकदत्त लम्साल, हृषिकेश बराललगायतले आफ्ना रचना सुनाएका थिए ।
सङ्गम सांस्कृतिक
मञ्चका कलाकारहरू बिकास लुङ्गेली, चियाङ तमू, कृष्णप्रसाद रिजाल, लालबहादुर भुजेलले कार्यक्रमको बिच
बिचमा असारे गीतहरू सुनाएका थिए । शृङ्खलाका संस्थापक अध्यक्ष स्ट्रगल रानाले समेत
सो अवसरमा असारे गीत सुनाएका थिए ।
अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’
को अध्यक्षतामा भएको कार्यक्रम सचिव काजी गाउँलेले सञ्चालन गरेका
थिए ।
