कुमुदिनी होम्समा पुस्तक चर्चा कार्यक्रम सम्पन्न - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, March 19, 2026

कुमुदिनी होम्समा पुस्तक चर्चा कार्यक्रम सम्पन्न

 


पोखरा, चैत ६ गते । पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा बिहिवार विद्यार्थीहरूले विभिन्न पुस्तकहरूमाथि परिचर्चा गरेका छन् ।

विद्यालय संस्थापक मीना पालिखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आधारभूत तहअन्तर्गत कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूमध्ये १७ जना विद्यार्थीहरूले आफूले पढेका विभिन्न विधाका पुस्तकहरूमा आफ्ना अभिभावकहरूको उपस्थितिमा  आआफ्ना अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रमका बारेमा विद्यालयका सहप्राचार्य मुकेशकुमार अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रममा अभिभावकहरूका तर्फबाट प्रविण महाजन, सन्ध्या गुरुङ, सम्झना श्रेष्ठलगायतले  विद्यार्थीका प्रस्तुतिको प्रशंसा गरेका थिए । त्यस्तै फाउण्डेसनका सिइओ नरेन्द्रकुमार नगरकोटीले खास गरी आफूहरूले 'रिडिङ कल्चर' को क्षेत्रमा काम गरिरहेको र त्यसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले थप ऊर्जा मिलेको बताए । आजका विद्यार्थीमा सिर्जनात्मक क्षमतामा कमी आइरहेको परिप्रेक्षमा अध्ययनशील बानीको विकास गर्न सकिएमा त्यसले उपलब्धि दिन सक्नेमा उनको जोड थियो ।

आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थीहरू सम्मान गुरुङ र समृद्धि महाजनको सञ्चालनमा सम्पन्न भएको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।