सीडीपीद्वारा ३० लाखको विद्यालय भवन निर्माण

प्रकाशित मिति :2018-02-21 10:35:24

काठमाठडौं / ९ फागुन— बुधबार वीरगञ्ज महानगरपालिका वडा नं ३० लालपर्साको प्रसोतिपुरमा नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ ।
स्थानीय नेपाल राष्ट्रिय प्रावि प्रसोतिपुरलाई ३० लाख ७० हजार ७ सय २८ रुपैयाँमा निर्माण गरिएको दुई कोठे पक्की भवन हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवलाई वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख विजयकुमार सरावगीले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
आउँदो शैक्षिक सत्रदेखि वीरगञ्जका सबै सामुदायिक विद्यालयको कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भवनको उद्घाटन समेत गरेका नगर प्रमुख सरावगीले जानकारी गराए । उनले भने,“महानगरपालिकाले अहिले अन्य विकासका पूर्वाधारमा भन्दा बढी शिक्षा र स्वास्थ्यलाई ध्यान दिएको छ । हामीहरुले बच्चालाई पढाउनु छ । बजारमा बिक्री हुने शिक्षा दिनुछ ।”
छोरीमाथि बढी खर्च गर्न समुदायसँग उनले आग्रह समेत गरे । “ हामीकहाँ छोरालाई बोर्डिङ अनि छोरीलाई सरकारी विद्यालयमा पढाउने चलन छ । तर अब छोरीको पढाइमा बढी खर्च गर्नुपर्छ ।” नगर प्रमुख सरावगीले भने,“ किनकी छोरीले घर पनि हेर्छ अनि माईती पनि हेर्छ । बच्चालाई पढाउने सिकाउने काम पनि छोरीले नै गर्ने हो ।”
भवनको संरक्षण र सदुपयोग गर्न कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराले आग्रह गरे । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा ग्रामीण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम सीडीपीको आर्थिक सहयोगमा भवन निर्माण गरिएको थियो । सीडीपीको पर्सा कार्यक्रम संयोजक शोभा महतोले भवन निर्माणका लागि सीडीपीले २८ लाख ४५ हजार ७ सय २४ रुपैयाँ दिएको र समुदायले पनि २ लाख २५ हजार योगदान गरेको जानकारी दिइन् ।
केन्द्रिय टोलीले आरआरएनद्वारा सञ्चालित सीडीपी कार्यक्रम अन्र्तगत भएका विभिन्न कार्यक्रमको अनुगमन गरेको छ । विभिन्न कार्यक्रमको अनुगमन डिएफआईडीका गोविन्द न्यौपाने, शिक्षा मन्त्रालयका सहसहचिव विश्वराज मरासीनी, आर आरएनका अध्यक्ष मन दहाल,सीडीपीका टिम लिडर दुर्गा खतिवडा लगायतको टोलीले गरेको हो ।
सीडीपीकी फिल्ड सुपरभाइजर लक्ष्मी खरेलले स्थानीय नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुसँग मिलेर सीडीपीले पर्सा जिल्लाको विभिन्न ठाउँमा च्याउ खेति, तरकारी खेती, बाख्रा पालन, सिलाइ बुनाई, बुटिक, सामुहिक बचत लगायतका विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE