बाराको विद्यालयलाई एनआरएनए आरसीसी अलकासीमद्वारा सहयोग

प्रकाशित मिति :2018-02-22 09:47:11

काठमाडौं / १० फागुन— गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले बारा जिल्लाको चैनपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक एवं भौतिक सामग्रीहरू प्रदान गरेको छ ।
संघले हालै विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विद्यालयलाई २० थान डेस्कबेन्च र विद्यार्थीहरुलाई ५५र५५ थान कापी, कलम र झोला हस्तान्तरण गरेको हो । उक्त सहयोग विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी तथा अन्य शिक्षक, परवानिपुरगाउँपालिका ४ का वडा अध्यक्ष गजेन्द्र पटेल, स्थानीय अविभावक, सोही विद्यालयमा अद्यनरत विद्यार्थी र अन्य समाजसेवी सम्मिल्लित एक कार्यक्रममा एनआरएनए एनसीसी साउदी अरबका सचिब बिशाल श्रेष्ठ आरसीसी भुपु प्रबक्ता राजेन्द्र न्यौपानेले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम प्रधानाध्यापक मदनप्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका सबै बक्ताहरूले नेपाली समुदायले प्रवासमा रहेरपनि स्वदेशमा सहयोग गर्ने प्रचलन अनुकरणीय रहेको भन्दै एनआरएनए आरसीसी अलकासीमले गुणस्तिरय शिक्षालाई प्राथमिकतामा राखी उपलब्ध गराएको सहयोगको प्रशंसा गरेका थिए ।
उक्त शैक्षिक सहयोगको अबधारणा आरसीसी अलकासीमका कार्यवहाक अध्यक्ष मनिष कोइराला, एनसीसी सह(कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, एनसीसी युवा संयोजक राज कुमार श्रेष्ठ, आरसीसीउपाध्यक्ष कृष्ण अधिकारी लगायत अन्य आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्ने समूहले तय गरेको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE