सबैभन्दा धनी बेजोस, चौधरीको सम्पत्ती १९ अर्बले बढ्यो

प्रकाशित मिति :2018-03-07 11:13:35

अमेजोन कम्पनीका मालिक जेफ बेजोस १ सय १२ बिलियन अमेरिकी डलर सम्पत्ती सहित विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्र्स म्याग्जिनले मंगलबार सार्वजनिक गरेको विश्वका धनीहरुको सूचीमा विल गेट्सलाई पछि पार्दै ५४ वर्षे बेजोस पहिलो पटक फोब्र्सको सूचीमा पहिलो नम्बरमा आएका हुन ।
यससँगै उनी १ सय बिलियन सम्पत्ती हुने पहिलो व्यक्ति समेत बनेका छन् । सन् १९९९ मा घरको सानो ग्यारेजबाट आफ्नो कारोबार सुरु गरेका उनको सम्पत्ती गत वर्षसम्म ८६ बिलियन डलर मात्रै थियो । तत्कालिन समयमा बेजोसले अनलाइनमार्फत पुस्तक बिक्री गर्दथे ।
अमेजनलाई सार्वजनिक गरेको २ वर्षमा उनी फोब्र्स बिलिनियर्सको सूचीमा दर्ता भइसकेका थिए । तत्कालिन समयमा उनको सम्पत्ती ५६ सय प्रतिशतले १०।१ बिलियन पुगेको थियो । सन् २००१ मा आइपुग्दा अमेजोनले नाफा कमाउन सुरु गरेको थियो ।
बेजोस सन् २०१३ मा २५ दशमलव २ बिलियन डलर सम्पत्ती सहित गुगलका संस्थापक ल्यारी पेज र सर्गे ब्रिनलाई पछि पार्दै धनीको सूचीमा १९ नम्बरमा आइसकेका थिए ।
सन् २०१७ अक्टोबर २७ तारिखमा एकै दिनमा १० बिलियन सम्पत्ती बढेर बेजोर विल गेट्सलाई पछि पार्दैै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।
त्यस्तै, नेपालका बिनोद चौधरी धनीको सूचीमा १ हजार ५६१ नम्बरमा छन् । उनको कुल सम्पत्ती १ अर्ब ५० करोड डलर छ । उनको गत एक वर्षमा १९ अर्ब सम्पत्ती बढेको छ ।
विश्वको दोस्रो स्थानमा ९० अर्ब अमेरिकी डलर सहित विल गेट्स छन् । तेस्रो स्थानमा शेयर बजारका बादाशाह वारेन बफेट छन् । जसको सम्पत्ती ८४ अर्ब अमेरिकी डलर छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ती ७१ अर्ब अमेरिकी डलर छ र उनी पाँचौ स्थानमा छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE