जापान जाने हो ? यती प्रक्रिया भए पुग्छ

प्रकाशित मिति :2018-03-19 11:56:05

उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको रोजाइमा जापान दोस्रो स्थानमा पर्छ । धेरैजसो नेपाली विद्यार्थी पढ्ने र भविष्य बनाउने सपना बोकेर जापान जान्छन् । जापान जाने निधो गरेका विद्यार्थीले पक्कै पनि आवश्यक कुराहरुको जानकारी हासिल गरेका हुन्छन् ।
जापान जाने रहर गर्ने विद्यार्थीले कसरी अप्लाइ गर्ने त ? के के चाहिन्छन कागजपत्र र कस्तो हुन्छ प्रक्रिया ? यसबारेमा लामो समयदेखि जापान सम्बन्धि काउन्सिलिङ गर्दै आएका नयाँबानेश्वरस्थित हार्डफोर्ड एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक महेश श्रेष्ठले विद्यार्थीका लागि केही टिप्स दिएका छन् ।

महेश श्रेष्ठ, प्रबन्ध निर्देशक, हार्डफोर्ड एजुकेशन कन्सलटेन्सी, नयाँबानेश्वर, काठमाडाैं

जापान जान चाहने विद्यार्थीले सर्वप्रथम भाषा पढ्नुपर्छ । जापान जानका लागि विद्यार्थीले न्याट वा जेएलपीटी टेस्ट पास गर्नुपर्ने हुन्छ । न्याट टेस्ट जापानिज भाषाको आधिकारिक जाँच हो । कतिपय अवस्थामा भाषामा दक्षता भएको अवस्थामा न्याट वा जेएलपीटी उत्तीर्ण गर्नैपर्छ भन्ने पनि हुँदैन ।
विद्यार्थीले जापानिज भाषा अध्ययन गरिसकेपछि यसका विभिन्न तहमा परीक्षा दिन पाउँछन् । यसमा एन—१, एन—२, एन—३, एज—४ र एन—५ गरि पाँच तह छुटिएका हुन्छन् । एन—५ तह भनेको एउटा आधारभूत तह हो ।
यो तह पास गरिसकेपछि विद्यार्थी जापान पढ्न जान सकिन्छ । यसले विद्यार्थीमा जापानिज भाषा प्रतिको दक्षता कति छ जाँच्न सहयोग गर्छ । यो तह पास गर्न विद्यार्थीले १ सय ५० घण्टा जापानिज भाषा पढ्नुपर्ने हुन्छ ।
यी पाँचमध्ये विद्यार्थीले आफ्नो दक्षताको हिसाबले जुनसुकै तहमा परीक्षा दिन सक्छन् । यसबाट प्राप्त अंक र सर्टि्फिकेट जापानको जुनसुकै ठाउँमा पनि मान्य हुन्छ र जुनै विद्यालयले पनि मान्यता प्रदान गर्छन् ।
त्यसैगरी जापानिज लेंग्वेज प्रोफिसियन्सी टेस्ट (जेएलपीटी) जापान सरकारद्वारा अन्तरराष्ट्रिय मानिसहरुका लागि जापानिज भाषा सिक्ने परीक्षा हो । सबै विद्यार्थीले अन्तरवार्ता दिनुपर्ने हुन्छ । जसका लागि दूताबासले कल गरे अनुसार अन्तरवार्ताको मिति तय हुन्छ ।
जेएलपीटी टेस्ट जापान लगायत केही विशेष देशहरुमा जुलाई र डिसेम्बरको पहिलो आइतबार गरी वर्षमा दुई पटक हुन्छ भने अन्य केही देशमा डिसेम्बरको वा पहिलो आइतबार मात्र हुने गर्छ ।
हाल यसको परीक्षा ५ तहमा हुने गर्छ । एन—१, एन—२, एन—३, एन—५ र एन—५ । २००९ अगाडिसम्म भने यो परीक्षा ४ लेभलसम्म मात्र हुन्थ्यो । प्रमाणिकरणको बेलामा ५ औं तह सबैभन्दा सानो तह हुन्छ । एन–१ तह सबैभन्दा माथिल्लो तह हुन्छ । जेएलपीटी परीक्षाको प्रबन्ध जापान एजुकेशनल एक्सचेन्जेस एण्ड सर्भिसेस (जेइइएस) द्वारा जापानको शिक्षा मन्त्रालयले गर्छ ।
जापान जान चाहने विद्यार्थीले नेपाल सरकारको आधिकारिक बैंक तथा वित्तीय संस्थाबाट २० देखि २५ लाख रुपैयाँको बैंक ब्यालेन्स देखाउनुपर्ने हुन्छ ।
भिसा आवेदनका लागि आवश्यक कागजपत्र संकलन गरी कन्सल्टेन्सी समक्ष बुझाउनुपर्छ । र कन्सलटेन्सीले कलेज वा स्कूल समक्ष उक्त कागजपत्र बुझाउँछ । कलेज वा स्कूलबाट स्वीकृत प्राप्त गरिसकेपछि मात्रै अन्य प्रक्रिया सुरु हुन्छ । कलेज वा स्कूलले सम्पूर्ण कागजपत्रहरु इमिग्रेशनमा बुझाउँछ । र इमिग्रेशनले सम्पूर्ण कागजपत्र छानबिन गरी इस्यू गर्छ ।
भिसा आवेदनको करीब २ महिनापछि इमिग्रेसनले सर्टिफिकेट अफ इलिजिबिलिटी (सीओई) प्रदान गर्दछ । त्यसपछि जापानको भाषा स्कुलले सक्कली सीओई इस्यू भएपछि स्कूलको फिस बुझाउनुपर्छ । अनि मात्र स्कूल वा कलेजले अोरिजिनल सीईओ पठाउँछ ।
विद्यार्थीले जापानिज दूतावासमा ती कागजपत्र बुझाएपछि दुतावासले अन्तर्वार्ता लिन्छ । अन्तर्वार्तामा पास त्यसको १० दिनभित्र पासर्पोटमा भिसा लागेपछि जापान जान पाउनेछन् ।
जापानको एयरपोर्ट पुगेपछि स्कुलका प्रतिनिधी लिन आइपुग्छन् । स्कुलले विद्यार्थीलाई खाने, बस्ने व्यवस्था मिलाएर जापानको नियम कानुनको जानकारी गराउँछ ।
जापानमा बस्नका लागि जापान सरकारले कार्ड उपलब्ध गराउँछ । त्यसको केही दिनपछि स्कुलले पनि विद्यार्थी कार्ड दिन्छ । जसमा विद्यार्थीको ठेगाना पनि समावेश गरिएको हुन्छ । विद्यार्थी अनिवार्य विद्यालय जानै पर्छ ।
जापानमा विद्यार्थीले पढाइसँगै हप्तामा २८ घण्टा पार्ट टाइम काम गर्न पाउँछन ।
जापानमा रहेर जापानिज भाषा अध्ययन गर्ने समयमा विद्यार्थीले भाषासँगसँगै आफू कुन कलेजमा अथवा विश्वविद्यालयमा जाने तयारी गरिसक्नुपर्ने हुन्छ ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE