५ वर्षभित्र सबै निजी विद्यालय बन्द हुनुपर्ने

प्रकाशित मिति :2018-04-13 10:31:15

काठमाडौं/चैत ३०– शुक्रबार अखिल (क्रान्तिकारी) शंकरदेव क्याम्पस सम्मेलनमा अखिलका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अबको ५ वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने बताएका छन् ।

बस्तनेतले शिक्षा क्षेत्रमा संविधान कार्यान्वयन गर्नका लागि निजी विद्यालय अनिवार्य रुपमा बन्द हुनुपर्ने बताए । बस्नेत भन्छन्,“संविधान अनुसार निजी विद्यालय अहिले नै बन्द हुनुपर्ने भएपनि विकल्प तयार नभईसकेकाले राज्यले योजना बनाएर ५ वर्षभित्रमा त्यसलाई कार्यान्वयन गरिसक्नुपर्छ ।”

अहिले संविधानलाई कार्यान्वयन गर्न निजी विद्यालयलाई बन्द गर्नुपर्ने कुरामा उनले जोड दिए ।

क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले संविधान अधिकारको रुपमा ग्यारेन्टी गरिएको निःशुल्क शिक्षा लागू हुनपर्ने बताए ।

कार्यक्रममा भुवन चेम्जोङको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा सचिव डिवि साउद, केन्द्रीय सदस्य इन्द्र लामालगायतका उपस्थित थिए । कार्यक्रममा मदन ढकालको नेतृत्वमा ४५ सदस्यी नयाँ कार्यसमिति निर्वाचित गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE