बस्नेत समूहद्वारा उम्मेदवार घोषणा, २४ महिनामा २४ काम गर्ने प्रतिबद्धता

प्रकाशित मिति :2018-04-15 13:42:09

 

काठमाडौं/इक्यानको आसन्न निर्वाचनका लागि सरोज बस्नेत समूहले आज उम्मेदवारी घोषणा गरेको छ । राजधानीमा एउटा कार्यक्रममार्फत बस्नेतको अध्यक्षमा १८ सदस्यीय उम्मेदवार घोषणा गरिएको हो ।
समूहले आगामी बैशाख ८ गते हुन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमितिका लागि आफ्ना उम्मेदवारहरु घोषणा गर्दै २४ महिनाको कार्यकालमा २४ वटा काम गर्ने प्रतिबद्धता जनाइसकेका छन् । जसलाई समूहले ‘भिजन २०२०’नाम दिएको छ ।
समूहले उपाध्यक्षमा तीन जना राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेललाई उम्मेदवार बनाएको छ । राजेन्द्र रिजाल वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन भने तिमल्सिना पूर्व महासचिव हुन् । त्यस्तै ढुंगेल वर्तमान कार्यसमितिका सचिव हुन ।
समूहले महासचिव पदका लागि सन्तोष प्याकुरेललाई उम्मेदवार उठाएको छ । प्याकुरेल वर्तमान कार्यसमितिका महासचिव हुन् । समूहले यस अगाडि नै राजधानीभन्दा बाहिर पहिलो पटक चितवनबाट यस अगाडि नै उम्मेदवार घोषणा गरिसकेको छ ।
त्यस्तै, सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमा जोशी उम्मेदवार छन् । भने कोषाध्यक्षमा सूर्य डाँगी र सह–कोषाध्यक्षमा राकेश श्रेष्ठ छन् ।
सदस्यका लागि प्रशान्त शाह, मणिराम राउत, दीपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री केसी, हरिराम लामिछाने, सोवित श्रेष्ठ र मनोरथ शाह छन् ।
त्यस्तै, निर्वाचनमा अर्को समूहबाट अध्यक्षमा विष्णुहरि पाण्डेको प्यानल यस अगाडि नै घोषणा गरिसकिएको छ । उक्त समूहमा उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग ताम्लिङ, सपना राजभण्डारी छन् । त्यस्तै महासचिवमा शेषराज भट्टराई, सचिवमा श्यामबहादुर कँडेल र दीपकराज भुसाल, कोषाध्यक्षमा गाविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन उम्मेदवार छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE