नभएको विद्यालयको नाममा छात्रवृत्ति रकम

प्रकाशित मिति :2018-05-18 06:14:21

काठमाडौं/जेठ ४– वैदेशिक रोजगार प्रवद्धधन बोर्डले खोटाङमा हुँदै नभएको विद्यालयमा अध्यनरत विद्यार्थीको नाम वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको रकम अलपत्र परेको छ । Image result for nepali money pictures
वैदेशिक रोजगारमा ज्यान गुमाएका वा पूर्ण रुपमा अंगभंग भएका अभिभावकका छोराछोरीलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिका लागि आएको हो । जिल्लामा चण्डी ब्राइट फ्युचर नामको बोर्डिङ नभएकाले शिक्षा कार्यालयले तोकिएका विद्यार्थीहरुलाई छात्रवृत्ति पठाउन सकेको छैन ।
जिल्लामा स्थापना नै नभएको विद्यालयमा अध्ययनरत कक्षा १ का कुमार बस्नेत, कक्षा ४ का हरिबहादुर बस्नेत र कक्षा ८ का सरिता बस्नेतका नाममा छात्रवृत्तिमा आएको रकम अलपत्र परेको हो ।
बोर्डले २०७४ साल असोज ८ मा नै विद्यार्थीलाई जनही ८ हजारका दरले पाउने गरी जिल्ला शिक्षा कार्यालयलाई चेक पठाएको थियो तर विद्यालय र छात्रवृत्ति दाबी गर्ने विद्यार्थी नै नभएपछि छात्रवृत्तिको रकम जिल्ला शिक्षा कार्यालयकै खातामा रहेको छ ।
वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका वा पूर्ण रुपमा अंगभंग भएका अभिभावकका २८ बालबालिकलाई छात्रवृत्तिका लागि सिफारिस गरिएकामा २२ जनाले जनही ८ हजारका दरले छात्रवृत्ति पाइसकेका छन् भने ३ जना विद्यार्थीले विद्यालय नै नभएपछि छात्रवृत्ति पाउन नसकेको सुरक्षित आप्रवासन परियोजनको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता अम्बिका दाहाले बताइन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE