जोसेफ स्कुलले ग¥यो विज्ञान प्रर्दशनी

प्रकाशित मिति :2018-06-10 09:24:50

काठमाडौं/२७ जेठ – काठमाडौंको कपनस्थित जोसेफ स्कुलले माछाको बारेमा विषयगत प्रर्दशनी गरेको छ । कक्षा ८ र ९ का विद्यार्थीहरुले माछा सम्बन्धी विषयगत विज्ञान प्रर्दशनी गरेका हुन ।

कक्षा ८ र ९ का विद्यार्थीहरुले माछा सम्बन्धी विभिन्न जानकारीमूलक सामग्री तयार पारी प्रर्दशनी गरेका थिए । प्रर्दशनीमा इन्टरनेशल जोसेफ र जोसेफ स्कुलका कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरु संयुक्त रुपमा सहभागी थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक दीपक अधिकारीका अनुसार माछाका विभिन्न नामहरु तिनका प्रकार, कुन ठाउँमा कस्ता माछा पाइन्छन, घरमा मनोरञ्जनका लागि राख्ने माछालाई जीवित कसरी राख्ने जस्ता जानकारीमूलक सामग्रीहरु राखिएको थियो ।

सहायक प्रधानाध्यापक अधिकारीले विद्यालयले विद्यार्थीहरुलाई विषयवस्तुमा भएका कुराहरु प्रयोगात्मक रुपमा गराउनका लागि प्रत्येक १५÷१५ दिनमा विज्ञान विषयसँग सम्बन्धित प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीका कारणले विद्यार्थीहरुको सिकाइ प्रभावकारी हुने उनले बताए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE