कानून संकायको डीनको राजीनामा माग गर्दै कार्यालयमा तालाबन्दी

प्रकाशित मिति :2018-07-11 11:30:32

काठमाडौं/असार २६–त्रिभुवन विश्वविद्यालयको कानून संकायका डीनको राजीनामा माग्दै स्वतन्त्र विद्यार्थी संघले डीन कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् ।
स्वतन्त्र विद्यार्थी संघले विज्ञप्ति जारी गर्दै विगत केही महिनादेखि नेपाल ल क्याम्पसमा ३ वर्षे एल.एल.बी प्रथम वर्षको भर्नाको सम्बन्धमा डीन कार्यालयले गरेको गतिविधिले कानुन अध्ययन गर्न इच्छुक विद्यार्थीहरु मर्माहात भएको बताएको छ ।
विगतमा जस्तै खुल्ला प्रणाली अन्तर्गत भर्ना नलिई विभिन्न बाहाना निकाली कानुन संकायका डीनले आफू निकटका विद्यार्थीहरुलाई प्रश्न पत्र आउट गरेको संघको आरोप छ । प्रवेश परीक्षाको उत्तर पुस्तीका जाँचमा पनि अनियमितता गरी हजारौं निमुखा विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गरीको हुँदा डीनको राजीनामा माग गरी डीन कार्यालयमा तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE