अरुको परीक्षा दिने र दिन लगाउने परीक्षार्थी पक्राउ

प्रकाशित मिति :2018-08-12 05:27:39

Image result for नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं/२७ साउन– धादिङको सदरमुकाम धादिङवेशीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार भएको एसईईको ग्रेड बृद्धिको विज्ञान विषयको परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका विक्रम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा ०२६१४०३‘वाइ’ सिम्बोल नम्बर भएको विक्रम गुरुङलाई परीक्षा दिइरहेको समयमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको थियो । सक्कली तथा नक्कली दुवै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ । प्रहरी कार्यालय धादिङले नक्कली परीक्षार्थीलाई सार्वजनिक अपराध अन्तरगत कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
केन्द्राध्यक्ष निर्देशिकका अनुसार आफ्नो सट्टामा अरुले नै परीक्षा दिइएको खण्डमा सक्कली परीक्षार्थीलाई तत्काल परीक्षाबाट निलक्बन गरी अधिकतम २ वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दण्डित गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गर्नुपर्ने नियममा उल्लेख छ ।
गल्छी गाउँपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु गुरुङ र घिमिरेले शुक्रबार गणित विषयको परीक्षा दिएका थिए । शनिबार विज्ञान विषयको परीक्षामा दिनका लागि आफू बिरामी भएकाले साथीलाई दिन पठाएको सक्कली परीक्षार्थी घिमिरेले बताएका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE