वक्तृत्वकलाको उपाधी फ्लोरोसेन्टलाई, चित्रकलाको उपाधी ग्रीनल्यान्डलाई    

प्रकाशित मिति :2018-09-14 14:03:27

काठमाडौं/२९ भदौ– राष्ट्रिय बाल दिवसको अवसरमा टोखा नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताको उपाधी क्रमशः फ्लोरोसेन्ट स्कुलकी क्रिष्टिना न्यौपाने र ग्रीनल्याण्ड स्कुलकी परी गुरुङले जितेका छन् ।

वक्तृत्वकला अन्तर्गत न्यौपानेले ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा आफ्ना भनाइ राखेकी थिइन । प्रतियोगितामा चापालु मावीकी सुवेक्षा प्याकुरेल र मनोहर उमावीकी निशा रोका मगर क्रमशः दोस्रो र तेस्रो भए ।
त्यस्तै, ‘समृद्ध नेपालको परिकल्पना’ शीर्षकमा उत्कृष्ट चित्र बनाएर सूर्यकुञ्ज स्कुलकी सुष्मा गोदार दोस्रो र इडनब्रिज स्कुलका आवास राई तेस्रो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
उत्कृष्ट हुने विद्यार्थीहरुलाई ट्रफी, प्रमाणपत्र र मेडेलद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकामा सञ्चालित ८२ वटा विद्यालयका प्रतिनिधी उपस्थिति हुनुका साथै नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न बालक्बल तथा बालसञ्जालहरुले सांस्कृति प्रस्तुती दिएका थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE