विद्यालय ढिला आएको भन्दै प्रअले ग¥यो विद्यार्थीमाथि कुटपिट, एकजानको कान फुटायो

प्रकाशित मिति :2018-09-19 09:02:50


काठमाडौं/३ असोज–चितवनको नवलपुरको बुलिङ्टार ६ अत्रौलीमा रहेको शिव माध्यामिक विद्यालयमा प्रध्यानाध्यापकले विद्यालय ढिला आएको भन्दै कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् ।
कक्षा १० मा अध्ययन गर्ने छात्र खुमान सार्की नेपालीलाई प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले निर्धातिर समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै कुटपिट गर्दा घाइते भएका छन् । घाइते भएको उनको कानबाट रगत बगिरहेको छ ।
प्रधानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेको समयमा खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । प्रअको कुटाइबाट घाइते भएको खुमानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
विद्यालयका प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्विकार गर्दै गालामा पिट्दा खुमानलाई कानमा लागेर रगत आएको हुन सक्ने जानकारी दिए ।
पीडित विद्यार्थीहरुले यसअघि पनि प्रअले नियमित पिट्दै आएको बताए । पीडित बालक खुमानका बुबा वीरबहादुर सार्कीले प्रअ श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरिरहेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE