त्रिविको ४४ औं दीक्षान्त फाराम खुल्यो, अनलाइबाट भर्ना सकिने

प्रकाशित मिति :2018-09-20 09:08:57

काठमाडौं/४ असोज– त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहको आवेदन फाराम खुलाएको छ । विद्यार्थीहरुले अनलाइन मार्फत आवेदन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
पनिकाका अनुसार दीक्षान्त समारोहमा सहभागी हुने इच्छुक विद्यार्थीहरुले पनिकाको बेवसाइडमा राखिएको अनलाइन फाराम भर्नुपर्ने हुन्छ । विद्यार्थीहरुले अनलाइन फाराम असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म मात्र भर्न पाउने छन् । अनलाइन फाराम भर्दा विद्यार्थीहरुले एमआरपी आइजको फोटो, नगरिकताको प्रमाणपत्र, ट्रान्सक्रप्ट स्क्यान गरी अपलोड गर्नुपर्ने पनिकाले बताएको छ ।
दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं.२०७४ साल जेठ १८ गतेदेखि २०७५ साल जेठ ३१ गते सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नाकोत्तर, एम.फिल उत्तीर्ण गरी ट्रान्सक्रप्ट लिएका र सोही अवधि भित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीहरुले मात्र दीक्षान्त समारोहमा सहभागी हुन पाउने छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE