चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

प्रकाशित मिति :2018-11-14 06:31:48


काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले मंगलबार साँझ डीनको कार्यकक्ष तोडफोड गर्दै विश्वविद्यालयमा आगजनी गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको पछाडीबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तलामा क्षति पुगेको छ । उनीहरुले विश्वविद्यालयका झ्यालका सिसा समेत फुटाएका छन् ।
विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाउनुका साथै कार्यालयभित्रै टायरसमेत बालेका थिए । विश्वविद्यालयका सुरक्षाकर्मी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार विद्यार्थीहरुले विश्वविद्यालयको होस्टेलमा बसेर आगजनीको योजना बनाएका थिए । प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ थियो भने ती मध्ये २ जनालाई छाडिदिएको छ । प्रहरीले घटना बारेमा थप अनुसन्धान गरिरहेको छ ।
दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE