गौरमा मेयर गुप्ताको कडा एक्सन ,नगर भित्रका सबै अबैध बिधालय बन्द हुने।

प्रकाशित मिति :2019-04-24 11:38:58

काठमाडाैं/११ बैशाख-रौतहटको गौर नगरपालिकाले अनुमति नलिएको बोर्डिङ स्कुललाई कक्षा सञ्चालन गर्न नदिने भएको छ ।गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ताले नगर को शैक्षिक क्षेत्रमा सुधारका लागि कडा एकसन लिएका हुन । मेयर गुप्ताले अनुमित नलिइ कक्षा सञ्चालन गर्ने तथा तल्लो कक्षाको अनुमति लिइ माथिल्लो कक्षा सञ्चालन गर्ने नदिने निर्णय लिएको बताए ।

शैक्षिक सत्र २०७६ सालमा नियम विपरित कक्षा सञ्चालन गर्ने र भर्ना लिएमा कारवाहि हुने मेयर गुप्ताले चेतावनी दिए ।
सदरमुकाम गौर ३ मा रहेको सगरमाथा बोर्डिङ स्कुलले कक्षा २ सम्मको अनुमती मात्रै पाए पनि अभिभावक र विद्यार्थीलाई ठग्दै माथिल्लो कक्षा संचालन गरि रहेको छ । यसै गरि ग्यालेक्सी, न्यु होप (नया आशा), क्याम्स (गौर आदर्श), सनसाइन, न्यु गोरेटो लगायतका बोर्डिङ स्कुलले अनुमतिपत्र नभएका कक्षामा विद्यार्थी भर्ना गरे पनि गौर नगरपालिकाले हाल सम्म कारवाही गर्न सकेको छैन ।
नगरपालिकाले अनुगमन र सुचना प्रकाशनमा गरेर झारो टार्ने काम मात्रै गरेको गौरका अभिभावक तथा शिक्षाप्रेमी हरु बताउछ्न । गैर कानुनि कार्यलाइ रोक्न नगरपालिका गम्भीर बनी कडा एकसनमा उत्रिए पछि अबैध रुपमा बिधालय संचालन गर्नेहरुमा हडक्म्प मचेको छ ।

त्यसैगरि नगरपालिकाका ना.सु गणेश बहादुर गिरीको अनुसार हाल सम्म ४/५ विद्यालयले गौर मा अनुमति नलिइ पढाएको पाइएको बताएका छ्न । उनको अनुसार कक्षा सञ्चालन गर्नको लागि दर्ता गरेर नगरपालिकाबाट स्वीकृति प्राप्त गरेपछि मात्र मान्यता हुनेछ । नगरपालिकामा २५ वटा संस्थागत र १८ वटा सामुदायिक विद्यालय छन् । महाेत्तरी पाेस्तमा लेखिएकाे छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE