स्थानीय पालिकाहरुलेनैे अतिरञ्जित र भ्रामक समाचार फैलाए ः प्यब्सन

प्रकाशित मिति :2019-05-01 06:34:45

 

काठमाडौं– सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्ततिले नीजि विद्यालयमा पढे सरकारी सेवा सुविधा नपाउने भन्दै अतिरञ्जित समाचार फैलाएकोप्रति प्याब्सनले आपत्ति जनाएको छ । मंगलवार नीजि तथा आवशिय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय नीजि तथा आवाशिय विद्यालय एसोसियसन नेपाल ९नेपाल प्याब्सन० लेसंयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाए ।
देशभरमा झन्डै १०,००० बिद्यालयमा २० लाख बिद्यार्थिहरुलाइ अध्यापन गराईरहेको,२ लाखको हाराहारीमा रोजगार सिर्जना गरेको र अरबौ रकम राज्यलाई कर तिरेका शिक्षण संस्थाहरुलाई राज्यले उचित सम्बोधन गरी अझ व्यवस्थित र पारदर्शी बनाउनु पर्ने उनिहरुको भनाई छ । तर त्यसलाई नबुजि बिभिन्न स्थानीय पालिकाहरुले सार्वजनिक लाभका पद धरण गरेका व्यत्तिका सन्ततिहरुले अनिवार्यरुपमा सार्बजनिक बिद्यालयमा अध्ययन गर्नु गराउनु पर्ने बध्यात्मक निर्देशनसहित निजि बिद्यालयमा अध्यायन सकेका विद्यार्थिहरुको शैक्षिक प्रमाण–पत्र सार्बजनिक विद्यालय सरह मान्यता नहुने,उनिहरु सरकारी सेबा सुबिधाबाट वञ्चित हुने र सरकारी सेवा प्रबेश गर्न समेत नपाउने जस्ता अतिरञ्जित र भ्रामक समचार फैलाई कलिला बालबालिका र अभिभावकहरुमा निराशा उत्पन्न गराएको प्रति ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ सार्वजानिक बिद्यालय सुधारकोनाममा अंग्रेजि र नेपालि माध्यम भनेर हुने खाने र हँुदा खानेबिच वर्ग विभेद उत्पन्न गर्ने गराउने कार्यमा स्वयं स्थानिय पालिका र सार्वजनिक बिद्यालय अग्रसर हुनुलाई आपत्ति जनाएका छन् । यस्ता किसिमका निर्देशनहरु तत्काल खारेज गर्न र कुप्रचारहरु रोक्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष माग राखेका छन। साथै यस्ता भ्रमित कुराको पछि नलाग्न विद्यार्थि र अभिभावकलाई उनिहरुले अपिल गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE