ताप्लेजुङ समाज–नेपालद्धारा छात्रवृति प्रदान

प्रकाशित मिति :2019-05-14 06:23:05

काठमाडौं/३१ बैशाख– ताप्लेजुङ स्थित पाथीभरा बहुमुखी क्याम्पसका ५० जना विद्यार्थीलाई ताप्लेजुङ समाज–नेपालले छात्रवृति प्रदान गरेको छ ।
आइतबार पाथीभरा क्याम्पसमा आयोजित कार्यक्रममा ५० जना विद्यार्थीलाई छात्रवृति स्वरुप ९हजार ५ सय ५० रुपैंया हस्तान्तरण गरिएको हो । समाज नेपालकमा महासचिवका अग्नि पौडेका अनुसार क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको मासिक शुल्क व्योर्ने हिसाबले एक मुष्ट छात्रवृति दिइएको हो । नेपाल समाजले हरेक वर्ष विद्यार्थीलाई छात्रवृति दिदै आएको उनले बताए । आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसक्ने विपन्न वर्गका विद्यार्थीलाई यस समाजले छात्रवृति प्रदान गर्दै आएको छ । कार्यक्रममा समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, पासाङ शेर्पा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेल उपस्थित थिए ।
पाथीभरा बहुमुखी क्याम्पस जिल्ला कै सबैभन्दा पुरानो क्याम्पसको रुपमा पनि चिनिन्छ । यस विद्यालयको स्थापना वि.स २०४७ सालमा भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE