त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उत्तरपुस्तिका अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति :2019-05-14 11:43:31

त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) सेवा आयोगले पदपूर्तिका लागि लिएको लिखित परिक्षाको उत्तरपुस्तिका अख्तियारले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परिक्षामा अनियमितता भएको कुरा संञ्चार माध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिक्षाको उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो ।

परिक्षामा त्रिभुवन विश्वविद्यालयकै ठुला पदाधिकारिकोे भनसुनमा आफन्तको नाम निस्किएको परिक्षार्थीहरुले आरोप लगाएका थिए । परिक्षामा अनियमिता भएका हो वा होइन भन्ने विषयमा छानविन गर्न अख्तियारले उत्तरपुस्तिका नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता प्रदिप कोइरालाले बताए ।

प्रवक्ताका अनुसार यो प्रक्रिया अख्तियारको नियमित भित्र पर्ने बताए । अख्तियारमा लिखित परिक्षाको उत्तरपुस्तीकाको छानबिन हुदै गर्दा त्रिविमा भने अन्र्तवार्ता चलिरहेको छ ।

प्रवक्ता कोइरालाले अनियमितता भएको ठहर नहुदासम्म परिक्षाको अन्य प्रक्रिया भने नरोकिने बताए । उनले भने,‘ अख्तियार अधिकारिले अनियमितता भएको आयोगमा पेश गरेर प्रक्रिया रोक्नुपर्छ भने मात्र अन्य प्रक्रिया रोकिन्छ । अनियमितता भएको ठहर नहुदासम्म अन्य काम भने रोकिदैन ।’ छानबिनमा अनियमितता भएको ठहर भएमा अन्य काम रोकिने प्रवक्ता कोइरालाले जानकारी दिए। साभार- न्यूज एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE