एसईई उत्तीर्ण पछि विषय छनौट गर्दा यी कुरामा ध्यान दिउँ

प्रकाशित मिति :2019-06-04 07:44:10

एसईई परीक्षा दिएपछि विद्यार्थीहरुलाई कुन विषय अध्ययन गर्दा भविष्यमा राम्रो हुन्छ भन्ने द्विविधाले सताउने गर्दछ ।बिद्ययार्थीहरु मात्र होइन, अभिभावकहरु पनि सोही समस्याबाट ग्रसित भएका हुन्छन् । छोराछोरीले परीक्षा उत्तीर्ण गर्छन् कि गर्दैनन्, राम्रो अंक ल्याउँछन् कि ल्याउँदैन, राम्रो विषय पढाउँन सकिन्छ कि सकिदैन भन्ने जस्ता प्रश्नहरुले डेरा जमाएको हुन्छ । सबै अभिभावकहरुको सपना हुन्छ आफ्ना छोराछोरीलाई राम्रो विषय, राम्रो कलेजमा पढाउँने र उनीहरुको भविष्य उज्वल भएको हेर्ने तर अभिभवकको ईच्छा र चाहनालाई मलजल गर्ने काम छोराछोरीले प्राप्त गरेको नतिजाले गर्छ ।
त्यसैले विषय छनोट गर्दा विद्यार्थीहरुले विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । विद्यार्थीहरुले विषय छनोट गर्दा आफूले प्राप्त गरेको नतिजाका आधारमा मात्र नभई परिवारको आर्थीक अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ ।कुनै बिषय रोज्दा आर्थीकरुपमा अभिभाबकलाइ बोज पर्छ कि पर्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । पारिवारिक अवस्था, आफ्नो इच्छा र रुचिलाई विशेष प्राथमिकता दिनुपर्छ । विषय छनोट गर्दा विद्यार्थीहरुले निम्न कुरालाई ध्यान दिनुपर्छ ।
१.आफूले आफूलाई स्वमुल्याङ्कन गर्ने
विद्यार्थीले विषय छनोट गर्दा आफू भित्र कति सम्म क्षमता छ के गर्न सक्छु स्वमुल्याङ्कन गर्नु पर्छ ।त्यसपछि संगसंगै आफ्नो इच्छा र रुचिलाई ख्याल गर्नु पर्छ । कुनै पनि विषय छनोट गर्नु भन्दा पहिला त्यो विषय छनोट गरेर मैले पढ्न सक्छु की सक्दीन ,भविष्यमा राम्रो गर्न सक्छु की सक्दीन भनेर सोच बिचार गर्नु पर्छ ।विषय छनोट मात्र ठुलो कुरा नसोचौँ आफ्नो इच्छा,रुचि र क्षमतालाइ हेरौ जसले गर्द पढाईमा मन लाग्छ भने सजिलै सफलता प्राप्त गर्न सकिन्छ ।
२.प्राप्त नतिजालाई आधार मान्ने
पूर्ण रुपमा प्राप्त नतिजा अनुसार विषय छनोटमा त पर्ने होइन तर कुन विषय छनोट गर्नेे कुरालाइ भने विद्यार्थीहरुले परीक्षामा प्राप्त गरेको ग्रेडले निर्धारण गर्छ । ग्रेड अनुसार विषय छनोट गरी अध्ययन गर्न पाइने हुँदा जुन विषयमा राम्रो ग्रेड प्राप्त गरेको छ सोही अनुसार विषय छनोट गर्नुपर्छ । यसको आधारमा विषय छनोट गरीयो भने पढ्नको लागि केहि सहज पक्का हुनेछ ।
३.परिवारमा छलफल गर्ने
कहिलेकाहि आफूलाई पढ्न मन लागेको विषयको शुल्क महँगो हुन सक्छ त्यसकारण त्यो शुल्कमा परिवारले पढाउन सक्नु हुन्छ की सक्नु हुन्न,घरको आर्थीक अवस्था कस्तो छ,अभिभावकले के भन्नु हुन्छ जस्ता कुरामा परिवारमा छलफल गर्नु पर्छ । जसले गर्दा भोलि पढ्इमा सहज होस । नतिजा राम्रो आएको छ राम्रो विषय लिएर अध्ययन गर्न मन छ तर परिवारको आर्थीक अवस्थाले धान्न सक्ने अवस्था छैन भने समस्या उत्पन्न हुन्छ ।
अग्रज सँग सल्लाह गर्ने
विषय छनोटका लागि हामीले आफ्ना अगज्रहरुसँग पनि सल्लाह लिन सक्छौं । दाईदिदि तथा आफ्ना अभिभावक संग कुन विषय पढ्दा राम्रो हुन्छ, कुन विषयमा भविष्य राम्रो छ भन्ने बारेमा छलफल गर्न सकिन्छ । यसो गर्दा उहाँहरुलाई थाहा भएका कुरा तपाईलाइ पनि भनिदीनु हुन्छ र के गर्दा राम्रो हुन्छ थाहा हुन्छ त्यसपछि तपाईलाई निर्णय गर्न सहज हुन्छ ।
४.बिद्यालयमा पढाउनु भएका शिक्षक शिक्षिका संग सल्लाह लिने
बिद्यार्थीको आनिवानि र उसले के गर्न सक्छ र के गर्न सक्दैन साथै आफुले पढाएको विद्यार्थी को क्षमता पढाइप्रतिको लगाव विद्यालयमा पढाउनु भएका शिक्षक शिक्षिकालाई राम्रो सँग थाँहा भएको हुन्छ । साथै विद्यार्थी र अभिभावकले नदेखेका कमी कमजोरीहरु शिक्षक शिक्षिकाले छुट्याउन सक्नु हुन्छ । त्यसैले विद्यालयमा पढाउनु भएका शिक्षक शिक्षिका संग सल्लाह लिनु पर्छ ।
५.कलेजमा विषय बुझ्न जाँदा अभिभावकलाई सँगै लैजाने
कलेज र विषय छनोट गर्दा अभिभावकलाई संगसंगै लग्नु भयो भने अभिभावकले पनि राम्रो सँग बुझ्न सक्नु हुन्छ ।जसले गर्दा अभिभावकलाई आफ्नो छोराछोरीको भविष्य कुन विषयमा राम्रो हुन्छ बिचार गर्न सजिलो हुन्छ । आफ्ना सन्तानको सुन्दर भविष्य हरेक अभिभाबकको पहिलो चाहना भएको कारण सहि बिषय छनौट गर्न हरेक अभिभाबकले उनिहरुका सन्तानलाई मद्धत गर्नु पर्छ । अभिभाबकहरुले बुझ्नु पर्ने कुरा बिध्यार्थीहरुलाई उनिहरुकै रुचि अनुसारको बिषय छनौट गर्न स्वतन्त्र छाडि दिनु पर्दछ ।

माध्यमीक तह (कक्षा ११ र १२) मा सही विषय छनौट गरी अध्ययन गर्दा भविष्यमा सजिलै सफलता प्राप्त गर्न सकिन्छ । त्यसैले हामीले विषय छनौट गर्दा विशेष सजग र सतर्क हुनू आवश्यक छ । साथीहरुको लहैलहै ,घरपरिवारको दबाब, देखासिकी भन्दा पनि कुन विषय पढ्दा राम्रो हुन्छ, त्यो विषयमा भबिष्य कस्तो छ ?, बजारको माग कस्तो छ बुझि आफ्नो रुचि, इच्छा र आफूले पढ्न सक्छु कि सक्दिन भन्ने मूल्यांकन गरी विषय छनोट गर्दा राम्रो हुन्छ । आफ्नो लक्ष्यलाई केन्द्रविन्दुमा राखी क्षमता, वुद्धि, स्रोत र साधनले बहान गर्न सक्ने विषय छनैेट गर्नुपर्छ ।
एसईईपछिको माध्यमिक तह (कक्षा ११ र १२) मा अध्ययन गरेको विषयले नै भविष्य निर्माण हुने भएकाले विषय छनोट र कलेज छनौट दुवैमा विद्यार्थीले समान महत्व दिनुपर्छ । विद्यार्थीहरुले कलेजको भवनको आधारमा कलेज छनौट गर्ने भन्दा पनि अहिलेको समयमा विद्यार्थीमा भएको क्षमता र सम्भावनालाई कदर गरी क्षमतालाई प्रस्फुटन गर्न प्रोत्साहन गर्ने कलेज छनौट गर्नुपर्छ । विद्यार्थीले कलेज छनोट गर्दा सबै किसिमको विद्यार्थीहरुलाई समे्टन सक्ने कलेज छान्नु पर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE