चुनाव भए पनि कोरिया भाषा परीक्षा नरोकिने

प्रकाशित मिति :2017-05-06 10:57:53

काठमाडौं/स्थानीय निर्वाचनका कारण विद्यालय बन्द तथा कक्षा ११ को परीक्षा सरे पनि कोरियन भाषाको परीक्षा भने स्थगीत नहुने भएको छ । रोजगारका लागि दक्षिण कोरिया जान चाहने नेपालीको भाषा परीक्षा चुनावको मुख मै भए पनि नरोकिने भएको हो ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदैछ । भाषा परीक्षा भने त्यसको केही दिन अगाडि जेठ २७ र २८ गते सञ्चालन हुँदैछ ।
“परीक्षा निर्धारित समय मै हुन्छ” ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले भने, “ढुक्क भएर तयारी गर्दा हुन्छ ।”
यो वर्ष भाषा परीक्षाका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । त्यसमध्ये झण्डै ४ सयको फारम अवैध भएकाले खारेज गरिएको छ ।
कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ । गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका थिए । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।
कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको छ ।
यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE