आइटीको क्षेत्रमा विकास गर्ने योजना, नेपाली समाज फेसबुक समूहद्धारा कार्यक्रमको आयोजना

प्रकाशित मिति :2017-05-11 08:48:20

काठमाडौ /२८ बैशाख-नेपाली समाज फेसबुक समूहद्धारा बुटवलमा आइटी पढ्ने विद्यार्थीहरुलाई प्रोत्साहान गर्ने उदेश्यले कोडिङ फेस्ट अर्थात समस्याको समधान नामक कार्यक्रम सञ्चालन हुने भएको छ ।
एसीएमआइसिपिसी बिश्वको उत्कृष्ट प्रतियोगिताबाट उत्प्रेरित भएर नेपालमा पनि उक्त कार्यक्रम सञ्चालन गरेको नेपाली समाज समूहको एड्मिन प्यानलले बताए ।
विश्वकै एकदमै पुरानो कार्यक्रमको रुपमा स्थापित एसीएमआइसिपिसी सबैभन्दा ठुलो कार्यक्रम पनि हो । नेपालमा पहिलो पटक उक्त कार्यक्रम कालिका मावि, कालिकानगर,बुटवलमा गरिने भएको छ ।
आइटि क्षेत्रबाट देशलाई विकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको नेपाली समाजका एद्ध्नि प्यानलले जानकारी गराए । नयाँ नयाँ प्रविधिहरुको विकास भैरहेको २१ औ शताब्दिमा समाज कम्प्युटर विज्ञानको उदीयमानस्कोप डाटाको अध्ययन तीर निर्देशित भैरहेको छ ।
प्रतियोगिता ५ घण्टा सञ्चालन हुनेछ भने ७ ओटा प्रश्नहरु समावेश गरिनेछ । उक्त प्रतियोगिता रोशन नेपाल र गुञ्जन यादव बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेका हुन् । कम्प्युटर एसोसिएसन अफ नेपाल संघ रुपन्देही बुटवलले पनि समर्थन गरेको छ । प्रतियोगितामा विजेता समूहलाई रु २१ हजार नगद पुरस्कार रहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE