अस्थायी शिक्षक व्यवस्थापनका लागि ११ सदस्यीय कार्यदल गठन

प्रकाशित मिति :2017-06-25 13:29:49

काठमाडौं/ सरकार र अस्थायी शिक्षकबीच भएको सहमती बमोजिम ११ सदस्यीय कार्यदल गठन भएको छ । आइतबार मन्त्रालयमा बसेको बैठकले शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको कार्यदलका सदस्य ज्योतीनारायण ढकालले एजुकेशन न्यूजलाई जानकारी दिए ।

मन्त्रालय र आन्दोलनरत शिक्षकबीच गत शुक्रबार कार्यदल गठन गरी दरबन्दीको तथ्यांक निकाली अस्थायी शिक्षक व्यवस्थापन गर्ने सहमती भएको थियो । कार्यदललाई १० दिनको समय दिइएको छ । कार्यदलले
२०६१ देखि २०६३ र ०६३ देखि ७२ असोज २ गते तथा ०७२ देखि हालसम्मका दरबन्दीको तथ्यांक निकाल्ने छ ।

कार्यदलको बैठक आगामी असार २४ गते बस्ने छ ।

लामो समयदेखि आनेदोलनरत अस्थायी शिक्षकहरुले असार २ गतेदेखि राजधानीको भद्रकालीमा आमरण अनसन गरेका थिए । गत शुक्रबार ४ बुँदे सहमती भएको थियो । जसअनुसार अस्थायी शिक्षकका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन

हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक

बसको ठक्करबाट बालिकाको मृत्यु, यातायात ठप्प

काठमाडौं/बैशाख ९– बर्दियाको राजापुर क्षेत्रमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि यातायात ठप्प भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE