“प्रमाणपत्रले सीपको मूल्यांकन गर्दैन” आमिर खान

प्रकाशित मिति :2017-07-12 08:35:05

म शिक्षा क्षेत्रको मान्छे होइन । एउटा कलाकार हुँ । सिर्जनशिल व्यक्ति हुँ । तपाईहरु मभन्दा धेरै जान्ने हुनुहुन्छ । धेरै वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहनु भएको छ । तर पनि म शिक्षासँग सम्बन्धित केही चासो भने राख्छु ।
केही वर्ष पहिलेदेखि मैले केही फिल्म निर्माण गरेको थिए । ‘तारे जमिन पर’ र ‘थ्रि इडियट्स’ । यी दुबै फिल्म शिक्षासँग सम्बन्धित थिए । शिक्षाका मुद्धा उठाएका थिए ।
त्यसैले मैले यी फिल्म निर्माण गर्नु अगाडि वर्तमान शिक्षा प्रणाली, अवस्थाका बारेमा केही अनुसन्धान गरेको थिए । केही जानकारी बटुलेको थिए । र मैले मेरो अनुसन्धानबाट केही कुराहरु पत्ता लगाएको थिए । जुन कुरा आज म यहाँ अभिभावक, शिक्षकहरु माझ राख्न चाहन्छु ।
मलाई थाहा छैन म कति सही वा गलत छु भन्ने । तर मेरा मनमा लागेका केही भावनाहरु राख्न चाहन्छु ।
सबैभन्दा पहिले भन्न चाहन्छु कि प्रत्येक बच्चा विषेश हुन्छ । प्रत्येक बच्चामा तपाई हामीमा जस्तै कुनै न कुनै क्षमता हुन्छ र उसै गरी केही कमजोरी पनि हुन्छन । ममा पनि कमजोरीहरु छन् । तपाईहरुमा पनि केही कमजोरीहरु छन् । त्यसै गरी हरेक बच्चामा केही न केही कमजोरी र क्षमता हुन्छ नै । र हामीलाई अभिभावकका रुपमा, शिक्षाप्रेमीका रुपमा बालबालिकाको क्षमता पहिचान गर्न सक्नुपर्छ ।
बच्चाले के चाहन्छ ? उसको कस्तो क्षमता छ भन्ने हामीले खोज्नु पर्छ । पत्ता लगाउन सक्नु पर्छ । त्यसका लागि हामीले उसलाई सहयोग गर्नुपर्छ । उसको कमजोरीमा पनि उसलाई सहयोग गर्नुपर्छ ।
म धेरै जसो सुन्छु कि स्कुल सञ्चालकहरु भन्छन कि हामीकहाँ पढ्ने सबै विद्यार्थी पास हुन्छन् । राम्रो अंक ल्याउँछन । तर म उहाँहरुलाई सोध्न चाहन्छु कि तीमध्ये कति बालबालिकाहरु खुसी छन त ?
मेरो प्रश्न यो हो । हामीले कसरी खुसी बनाउनेहरु उनीहरुलाई । हामी पढाइ लेखाइ त सिकिहाल्छौ । जब हामीलाई सिक्नुपर्ने हुन्छ हामीले जसरी पनि सिक्छौ ।
हामीले बनाएको एउटा फिल्म छ थ्रि इडियट्स । रिलिजहुनु भन्दा अगाडि हामीले धेरै ठाउँमा ‘स्क्रिनिङ’ गरेका थियौ । जसमध्ये मुम्बईको एउटा कारखानामा काम गर्ने कामदारहरुलाई फिल्म देखाएका थियौ । र हामीले उनीहरुको फिल्मप्रतिको प्रतिक्रिया बुझ्ने गरेका थियौ ।
जसमध्ये उक्त कम्पनीको एउटा कामदारले मलाई सोध्यो कि “सर फिल्मको अन्त्यमा त तपाईलाई प्रमाणपत्र त मिल्ने कुरै भएन त्यो त अरु कसैलाई मिल्यो, तपाई कसरी यती ठूलो बैज्ञानिक बन्नु भयो ।” चार सयभन्दा बढी पेटेन्टस तपाईका नाममा छन् ।
मलाई यो निकै गम्भीर विषय लाग्यो । र वास्तवमा यो गम्भीर विषय पनि छ ।
जब हामी कुनै तह उत्तीर्ण हुन्छौ । तह प्रमाण स्वरुप हाम्रा हातमा प्रमाण पत्र आउँछ । जसले हामी पढेलेखेको भनिदिन्छ । तर वास्तवमा हामी उक्त प्रमाणपत्रले भने झैँ पढे लेखेका छौ कि छैनौ हामी त्यसमा विश्वस्त हुन सक्दैनौ । तर, जब हामी शिक्षित हुन खोज्छौ । तर उक्त प्रमाणपत्रले अर्थ राख्दैन ।
त्यसपछि मैले उसलाई आफनैबारे एउटा प्रश्न सोधे कि, “तपाईको नजरमा के म राम्रो कलाकार हुँ ?” उसले भन्यो, “हो तपाई राम्रो कलाकार हो ।” म राम्रो कलाकार भएको उसलाई विश्वास छ । मेरा दर्शकहरुलाई विश्वास छ । तर म राम्रो कलाकार भएको प्रमाणित गर्ने कागज मसँग छैन् ।
तर म राम्रो कलाकार हुँ भन्ने धेरैलाई विश्वास छ । त्यसपछि मैले उसलाई एउटा प्रश्न सोधे कि ? के तपाई तपाईको मालिकले भन्नु भयो कि तपाई निकै राम्रो कटिङ गर्ने मान्छे हो ? के तपाईलाई तपाई राम्रो कटिङ गर्ने मान्छेको भन्ने कुनै कागज छ । जसले तपाईलाई राम्रो कटरका रुपमा परिभाषि गर्छ ?
शिक्षा भनेको परीक्षामा प्राप्त गरेको अंकभन्दा निकै माथि हुन्छ । ग्रेडभन्दा निकै माथि हुन्छ । शिक्षा तपाईले के सिक्नु भयो त्यही हो । शिक्षामा ज्ञान मात्रै हुँदैन । हामी आफ्ना बालबालिकालाई मानवका रुपमा विकास गरिरहेका हुन्छौ । जीवनमा इज्जतका साथ जिउन सकोस, कसैलाई सहयोग गर्न सकोस, कसैको अनुहारमा खुसी ल्याउन सकोस । यसै किसिमले हामीले बालबालिकालाई विकास गरिरहेका हुन्छौ ।
हामीले जहिले पनि कक्षाकोठामा पहिलो, दोस्रोका रुपमा विद्यार्थीलाई वर्गिकरण गर्छौ । घरमा पुग्ने वित्तिकै सोध्छौ ? के भयौ भनेर ? यदि बच्चा दोस्रो भयो भने गाली गर्छौ । यसले बच्चामा जसरी पनि पहिलो हुनु जरुरी ठान्छ । जब उ नर्सरीदेखि नै हामी पहिलो हुनु जरुरी बनाइदिन्छम । त्यस खालेका छाप बस्छ । त्यसपछि उसमा म जसरी पनि अब्बल हुनु जरुरी छ भनिन्छ । जब उ २१ वर्षको हुन्छ तब उ स्वार्थी हुन्छ । हामीले बच्चैदेखि नै सिकाएका हुन्छौ कि तिमी आफू पहिलो हुनुपर्छ अरु जेसुकै होउन । एउटा युवाको मानसिकता नै के हुन्छ भने म अगाडि हुनुपर्छ, म राम्रो हुनुपर्छ अरु जे सुकै होउन मतलब भएन ।
तर म के चाहन्छु भने, मेरो मन के भन्छ भने यदि हामीले आफ्ना बालबालिकालाई जब घर आउँछ तब कति मास्र्क आयो भन्दा पनि तिमी आज कसलाई सहयोग ग¥र्यौ ? यसले अरुलाई सहयोग गर्नु जरुरी छ भन्ने ठान्छ । स्कुल त्यही जान्छ । पुस्तक त्यही पढ्छ । तर जब उ युवा अवस्थामा पुग्छ तब उ आफ्नोबारे सोच्नेभन्दा पनि समाजका बारेमा अरुका बारेमा सोच्ने खालको बन्छ ।
(अभिनेता आमिर खान दिएको प्रवचनको अंश)

    Comment Here!

Related NEWS

मुख्य खबर

आयोगले भन्यो “परीक्षा सर्दैन”, अस्थायी शिक्षकले भने “हुन दिँदैनौ”

काठमाडौं/अस्थायी शिक्षक संघर्ष समितिले भदौ ३ गते हुन लागेको अस्थायी शिक्षकको परीक्षा सार्नुपर्ने भन्दै शिक्षक

विदेशी कलेजलाई पाठ्यक्रम विकास केन्द्रबाट मान्यता लिन त्रिविको निर्देशक

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज वा संस्थालाई त्रिवि पाठ्यक्रम विकास केन्द्बाट संस्थागत

Read more
ताजा अपडेट