अस्थायी शिक्षकलाई कागजपत्र पेश गर्न शिक्षक सेवा आयोगको सूचना

प्रकाशित मिति :2018-01-11 07:27:46

काठमाडौं/शिक्षक सेवा आयोले स्नातकोत्तर तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र लिएका शिक्षकलाई एमएड÷बीएड वा १० महिने तालिमको प्रमाणपत्र पेश गर्न सूचना प्रकाशित गरेको छ । आगामी फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कागजपत्र पेश गर्नका लागि आयोगले समय तोकेको छ ।
आयोगले पाँचै वटा क्षेत्रीय शिक्षा निर्देशनालयलाई काम अगाडि बढाउन समेत निर्देशन दिएको छ  २०६८ चैत २५ गते लिखित परीक्षामार्फत अस्थायी लाइसेन्स लिएका शिक्षकलाई प्रमाणपत्र पेश गर्न दोस्रो पटक समय दिएको हो ।
आयोगका अनुसार नागरिकताको प्रमाणित प्रतिलिपी, अस्थायी अध्यापन अनुमति पत्रको सक्कल प्रति, स्नातकोत्तर तह उत्तीर्णको प्रमाणपत्र,  हालसालै खिचाएको फोटो, ३५० रुपैयाँ राजस्व बुझाएको बैंक भौचर बुझाउनुपर्नेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE