आज सहिद दिवस, सहिदगेटमा कार्यक्रम गरि मनाउँदै

प्रकाशित मिति :2018-01-30 05:23:28

काठमाडौं / १६ माघ– आज विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइदैं छ । हरेक वर्ष सहिदगेटमा रहेको सहिदहरुको सालिकमा फुल, माला अर्पण गरि मनाइने गरिएको छ ।
देशका लागि ज्यानको बलिदान दिनेहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइदैँ आएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्घ प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो ज्यान बलिदान गरेका वीर सपूतहरुको सम्झनामा शहीद दिवस मनाइदैँ आएको छ ।
यस दिन देशका विभिन्न आन्दोलनहरुमा वीरगति प्राप्त गरेका मानिसहरुलाई सम्झने दिनका रुपमा पनि लिइन्छ । वि.सं. १९९७ साल माघ १० गते निरङ्कुश राणा शासनविरुद्घमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुन्डयार हत्या गरिएको थियो भने माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइको थियो । दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा माघ १५ गते गोली हानी हत्या गरिएको थियो । तत्कालीन समयमा राणाहरुको विरोध गरेमा यसरी ज्यान लिन्थे ।
राजनैतिक परिवर्तका निम्ति वि.सं. २००७ साल सालदेखि २०६२–६३ सम्मका प्रजातान्त्रीक आन्दोलनमा थुप्रै नेपालीहरुले वीरगति प्राप्त गरेका थिए । यिनै वीरहरुको सम्झनामा दिवस मनाइन्छ । शहीद सप्ताहका रुपमा माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । यस दिन शहीदहरुको तस्बिरमा माल्यार्पण गरिन्छ । यसदिनमा देशका लागि ज्यान दिने वीरहरुलाई वर्षको एकपटक सबैले सम्झना गर्छन् ।
आजको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE