विद्यालय

प्रकाशित मिति :2018-02-10 05:46:43


सुष्मा लामिछाने
कक्षा :१०
शब्दालय नेपाल
लामपोखरी, चावहिल, काठमाडौँ

रुँदै रुँदै आएँ यस ठाउँमा
भेटेँ सबैलाई यसै स्थानमा
ज्ञान र शिक्षा सिक्ने दाउमा
भेटेँ सबैलाई यसै ठाउँमा ।

सधैँ पढे यहाँ असल बनि
कहिले काही गरे गलत पनि
शिक्षा लिई लक्ष्य राखेँ बन्ने ज्ञानी
कहिले खुसी त कहिले दुःखी बनि ।

खेल्न र हाँस्न सबै सिकेँ मैले यहाँ
तर जानुपर्छ यही ठाउँलाई छाडेर कहाँ–कहाँ
गुरुहरुलाई मानेँ मैले आफ्नो देवता यहाँ
तपाईहरु जस्तो शिक्षित गुरु छैन जहाँ त्यहाँ ।

सधैँ साथ दिने आकाशजस्ता मेरा साथी
पाएँ मैले विद्यालयकै हाताभरि
शिक्षाको ज्योति दिने असल ठाउँ साथी
विद्यालयभन्दा ठूलो केही छैन संसारभरि ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE