नेपालमा पनि सुरु भयो खुला विश्वविद्यालय, मार्चदेखि कक्षा सुरु

प्रकाशित मिति :2018-02-19 05:24:33

नेपालमा खुला विश्वविद्यालयको सुरुवात भएको छ । संसदले केही महिना अगाडि विधयेक पारित गरेसँगै अब नेपालमा पहिलो पटक खुला विश्वविद्यालयको सुरुवात हुने भएको हो । विश्वविद्यालयले हालै आफ्नो काम सुरु गरिसकेको छ । खुला विश्वविद्यालय सुरु भइसकेपछि विद्यार्थीहरुले घरमै बसेर पनि कोर्स पूरा गर्न सक्नेछन् ।
पढाइ बीच मै छाडेका, विदेशमा रहेका तथा विभिन्न कारणले कलेज जान नपाउनेहरु यस विश्वविद्यालयबाट लाभान्वित हुनेछन् । विश्वविद्यालयले स्नातकोत्तर तहमा कोर्स सुरु गर्न लागेको छ । जसमा आगामी मार्च महिनामा नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । विश्वविद्यालयले अनलाइनमार्फत पढ्न सक्ने व्यवस्था गर्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१६ को जुलाइमा विधयेक प्रमाणिकरण गरेसँगै नेपालमा खुला विश्वविद्यालय सुरु गर्नका लागि बाटो खुलेको थियो । विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘पेडागोजी साइन्स’ र अनलाइन कोर्स सुरु गर्ने तयारी गरेको हो । जसमा मार्चको दोस्रो सातादेखि कक्षा सञ्चालन हुनेछ । विश्वविद्यालयले शिक्षा संकाय अन्तर्गत एमफिलको कार्यक्रम र स्नातकोत्तर तहमा आईटीको कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले विश्वविद्यालय अन्तर्गत ६८ वटा कार्यक्रम सञ्चालन हुने बताए । जसमा तीन वटा संकाय हुनेछन । ‘सोसल साइन्स र शिक्षा’, ‘व्यवस्थापन र ल’ तथा ‘हेल्थ र टिचिङ’ संका अन्तर्गत कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
“तीन संकाय अन्तर्गत अध्यापनका लागि सुक्ष्म ढंगले अनुसन्धान गरिएको छ, आगामी मार्चमा भर्नाको सूचना जारी गर्ने योजना छ” उपकुलपति शर्माले भने । विश्वविद्यालयको सिनेटले गत फेब्रुअरी ७ मा फ्याकल्टी तय गरेको थियो । जसमा विभिन्न मन्त्रालयका ६ जना सचिव, पाँच जना शिक्षाविद् तथा विश्वविद्यालयका प्रतिनिधीहरु डीन, निर्देशकहरु, प्राध्यापकहरु, तीन जना एनआरएन सदस्यहरु तथा विश्वविद्यालयका सदस्य सचिव सम्मिलित छन् ।
खुला विश्वविद्यालयमा अन्य विश्वविद्यालयमा जस्तै कक्षामा अनिवार्य उपस्थित भने हुनुपर्दैन् । विश्वविद्यालयले पाठ्यसामग्री, गाइडलाइन्स, एसिस्मेन्टहरु इन्टरनेटबाट उपलब्ध गराउँछ । तर कक्षामा उपस्थित भने हुनु पर्दैन् । विद्यालयहरुले अनलाइनमार्फत प्राफेसरको लेक्चर लिन सक्नेछन् ।
यस विश्वविद्यालयका कारणले विभिन्न कारणले अध्ययनबाट बञ्चित भएकाहरुले सहज रुपमा शिक्षाको पहुँच पुग्नेछ । अहिले नेपालबाट खुला तथा दुर शिक्षा अन्तर्गत ३० हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसरी पनि वर्षेनी थुप्रै पैसा विदेशिइ रहेको छ ।
राष्ट्रिय योजना आयोज–२०३५, उच्चस्तरिय राष्ट्रिय शिक्षा अयोग –२०५५ को प्रतिवेदनले उच्च शिक्षाको पहुँचलाई विस्तार गर्न खुला विश्वविद्यालय स्थापनार्थ जोड दिएको थियो । विश्वका ६५ भन्दा बढी देशमा प्रयोगमा आइसकेको यो विश्वविद्यालय नेपालका लागि भने पहिलो र नयाँ प्रयास हो ।
के हो खुला विश्वविद्यालय ?
अन्य विश्वविद्यालयमा कुनै पनि कोर्स पूरा गर्नका लागि निश्चित समय र निर्धारण गरिएको हुन्छ । त्यस्तै, कुनै पनि तहको अध्ययनका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ । खुला विश्वविद्यालयमा भने भर्ना देखि अध्ययन गर्ने समय, अध्ययन र अध्ययापन गराउने तरिका फरक हुन्छ । विद्यार्थीहरुले निश्चित समयमा लागि आवश्यक परेको खण्डमा कलेज गएमात्रै पनि पुग्छ । अन्य विश्वविद्यालयमा विद्यार्थी जान्छन् तर, खुला विश्वविद्यालयमा विद्यार्थी होइन विश्वविद्यालय स्वयम विद्यार्थी कहाँ जान्छ ।
सन् १९६० मा बेलायतबाट यसको सुरुवात भएको थियो । तत्कालिन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ मा यसको अवधारण ल्याएका थिए । बेलायतमा सोही अवधारण अनुरुप सन् १९६९ मा खुला विश्वविद्यालयको स्थापना भयो । त्यसपछि सन् १९७० मा क्यानडामा यसले प्रवेश पायो ।
खुला विश्वविद्यालयको भर्ना सम्बन्धी आफ्नै नीति छ । विद्यार्थीहरुले भर्नाका लागि कुनै पनि एकेडेमिक तथा अन्य कुनै पनि मापदण्ड तोकिएको हुँदैन् । त्यसैले कुनै पनि विषय अध्ययनका लागि एकेडेमिक स्तरको मान्यता प्राप्त गरेको हुनुपर्दैन् । विश्वविद्यालयले निर्धारण आवश्यक मापदण्ड पूरा गरेकै भरमा अध्ययन गर्न सकिन्छ ।
आफूले विश्वविद्यालयले तोकेको कुनै पनि कोर्स अध्ययन गर्न सक्छु भन्ने आत्मविश्वास भएकाहरुले अध्ययनका गर्न सक्छन् । जसमा भर्ना हुनुपूर्व तोकिएको निश्चित मापदण्डमा भने उतीर्ण भए मात्रै पुग्छ । जस्तै एसएलसी पास गरेको वा त्यो पनि पास नगरेको विद्यार्थीले विभिन्न कारण अध्ययन गर्न पाएको छैनन भने पनि सिधै खुला विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन पाउँछन् ।
अन्य विश्वविद्यालयमा जस्तै यो विश्वविद्यालयमा पनि कोर्सअनुसार निश्चित समय पनि तोकिएको हुन्छ । तर, विद्यार्थीले तोकिएको समयमा अध्ययन पूरा गर्न नसके केही समयपछि परीक्षा दिन पनि पाउँछ ।
यदी कसैले उक्त कोर्स तोकिएको समयभन्दा पहिले नै पूरा गर्न सकेमा उसको इच्छा अनुसार कोर्स पूरा गर्न पनि पाउँछ । यस्तो विश्वविद्यालयबाट उर्तीण हुने कुनै पनि विद्यार्थीलाई विश्वको कुनै पनि कलेज तथा विश्वविद्यालयमा सोही अनुसारको मान्यता दिन्छ । विश्वविद्यालयमा अध्ययापन हुने कोर्सहरु भने अन्य विश्वविद्यालयका सरह हुन्छन् ।
हाम्रो जस्तो देशमा अध्ययनलाई निरन्तरता दिन नसकेको लाखौं विद्यार्थी रहेको अवस्थामा खुला विश्वविद्यालय विकल्पका रुपमा रहन सक्छ । विश्वविद्यालयमा अध्ययन र अध्ययापन प्रक्रियामा पनि फरक छ । विद्यार्थीले घरमै बसेर अध्ययन गर्न सक्छन् । विश्वविद्यालयमा भर्ना पनि प्रत्येक कम्तीमा प्रत्येक तीन तीन महिनामा लिइन्छ । निकै उच्च प्रविधिको प्रयोग गरी उनीहरुले गुणस्तरीय शिक्षा लिन सक्छन् । यसका लागि विश्वविद्यालयले व्यवस्था गरेको हुन्छ ।
विद्यार्थीले घरमै बसेर पनि विदेसका प्रोफेसरहरुले अध्ययापन गराउने विषयहरु प्रविधिको साहराले अध्ययन गर्न सक्छन् । त्यस्तै, स्थानीय स्तरमा पनि दक्ष शिक्षकहरु नियुक्त गरिएका हुन्छ । करिब ७÷८ जना विद्यार्थीका लागि स्थानीय स्तरमा गाइडका रुपमा शिक्षकहरु नियुक्त गरिसकेका हुन्छन् जसले सम्बन्धित क्षेत्रमा काम गरिरहेका छन् । उनीहरुले विद्यार्थीले काम कसरी गर्ने भन्नेबारेमा अध्ययापन गराउँछन् ।
विद्यार्थी स्वयम आफैले कुनै पनि अध्ययन गर्ने र आवश्यक जानकारी स्थानीय शिक्षकहरुबाट लिन्छन् । त्यसबाहेक विद्यार्थी आफूहरुमा पनि सक्दो छलफल गरी कोर्सका बारेमा जानकारी लिन्छन् । र समय समयमा प्रोफेसरहरुबाट विद्यार्थीलाई कोर्सबारे जानकारी दिइन्छ र अध्ययापन गराइन्छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE