एउटा विद्यालयमा दुई जना प्रअ

प्रकाशित मिति :2018-03-12 06:36:16

काठमाडौं / फागुन २८– पर्वत जिल्लाको कुश्मा नगरपालिका ११ मा अवस्थित वीरेन्द्र माविमा एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन् ।
विद्यालयमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट्टाछुट्टै प्रधानाध्यापक रहेका छन् । विद्यालयका प्रधानाध्यापक देवराज पौडेल एक वर्षअघि कालिका मावि खुरकोटमा सरुवात हुँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएका थिए तर विद्यालय व्यवस्थापन समितिले पौडेलाई प्रअ बनाई काम गराउन नसकिने बताउँदै हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान राखेपछि विवाद भएको छ ।
पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुन भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रणीका शिक्षक हुन् । पौडेलले २०६८ सालमा तीन वर्ष प्रअ भई काम गर्दा गर्दौ पदबाट राजीनामा गरेका थिए । पौडेल माथि हिसाब किताब पारदर्शी रुपमा नराखेको आरोप छ । पौडेलले आफूपछि प्रअ भएकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेका थिएनन् ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालय पर्वतले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन पत्राचार गरे पनि विद्यालय व्यवस्थापन समितिले हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको रुपमा जिम्मेवारी दिएका छन् । समितिमा क्षेत्रीमा पक्षमा बहुमत भएपनि विद्यालयमा दुवै प्रअले कार्य सम्पादन गर्दै आएका छन् ।
शिक्षा नियमावली अनुसार एउटा विद्यालयमा एक जना मात्र प्रअ रहने व्यवस्था छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE