आज मातातीर्थ औंसी
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकबाट थाहा हुन्छ आमाको महिमा कति छ भन्ने कुरा । आमा शब्द हामीहरुले सबैभन्दा बढी प्रयोग गर्ने गछौं । सम्बोधनमा पवित्र, नातामा पवित्र संसारको सबैभन्दा प्यारो चिज भनेको जन्म दिने आमा हुन् ।
आमा शब्द नै सुन्दा प्यारो लाग्छ । आमा ती महान् व्यक्ति हुन् । जसले हामीलाई नौ महिना सम्म गर्भाशयमा राखी यस धर्तीमा जमाइन । दुःख, पीडा र कष्ट भूलि हामीलाई हुकाइन, बढाइन, हाम्रो हरेक कदममा सँगै हिड्ने महान व्यक्ति आमा हुन् । जसको महिमा हामीहरु समिति शब्द र पानामा वर्णन गर्न सक्दैनौं ।
हिन्दु शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको छ । महान् महिमा भएकी आमालाई सम्मान, आदार, माया र भक्ति भाव प्रकट गर्न हामीहरु अाजकाे दिन वैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी मनाउछौं । पौराणिक काल देखि नै जन्म दिने आमाको सम्मानका लागि हिन्दु परम्परामा मातातीर्थ औंसी मनाइने गरेको पाइन्छ ।
अाजकाे दिन हरेक बच्चाहरुले आफ्नी आमालाई मिठो खान दिनुका साथै लुगा तथा अन्य कुराहरु उपहार दिन्छ । आमाको मुख हेर्ने दिन छोराछोरीले आमालाई खुसी पार्नुका साथै आमाबाट शुभ आशिवार्द समेत लिने गर्छ ।
आजको दिनमा आमाप्रति सम्मान र आमालाई सम्झने गरिन्छ । आज आमाबाट टाढा भएका छोराछोरी पनि आमालाई भेट्न आउने गर्दछन् । आजको दिनमा आमा नभएकाहरुले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै श्राद्धतर्पण गरी आमाको स्मरण गर्छन् । मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै रहेको मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । आमा नभएकाहरु यहाँ भएको कुण्डमा स्नान गरी मिठामिठा खानेकुराहरु चढाउने गर्दछन् । त्यस्तै काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध गर्ने गर्दछन् ।
Comment Here!