१६ सामूदायिक विद्यालयमा दरबन्दीको माग

प्रकाशित मिति :2018-06-12 06:14:27

काठमाडौं/जेठ २९–सुनसरीको कोशी गाउँपालिकाभित्र रहेको ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य भएको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विद्यालय सञ्चालकहरुले दरबन्दी विद्यालयमा दिनुपर्ने लगायतका १० सूत्रीय माग राखी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । विद्यालय सञ्चालकले तत्कालीन जिल्ला शिक्षा कार्यालयले जिल्लामा दरबन्दी मिलानका क्रममा एक÷एक दरबन्दी दिने निर्णय गरेपनि विद्यालयमा दरबन्दी शून्य रहेको बताए ।
ज्ञापनपत्रमा विद्यालयमा शिक्षा दरबन्दीको अभावमा अध्ययन समस्या भएको हुँदा विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुपर्ने,हाल कार्यरत विद्यालयमा प्रअ तथा शिक्षकलाई छुट्टै नियुक्तिको व्यवस्था गर्नुपर्ने लगायताका कुराहरु उल्लेख गरिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE