नाफामूलक कि गैर नाफामुलक विवादका कारण कलेज संकटमा

प्रकाशित मिति :2018-06-13 07:40:23

 

Image result for nepal engineering collegeकाठमाडौं/जेठ ३०– नेपाल इन्जिनियरिङ कलेज विवादका कारण संकटमा परेको छ । कलेज गैर नाफामुलक संस्था की नाफामुलक कम्पनी भन्ने विवादका कारण कलेज संकटमा परेको हो ।

कलेजका संस्थापकमध्ये दीपक भट्टराई र हरि पाण्डेले कलेज गैर नाफामुलक संस्था भन्ने र लम्बोधर न्यौपाने, डा. रामरत्न उपाध्याय, लवराज भट्टाराई, डा. उपेन्द्र गौतम र सूर्य बहादुर केसी निजी कम्पनीका रुपमा सञ्चालन हुनुपर्ने बताउँदै आएका छन् ।

कलेज २०६० सालमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा दर्ता गरेको भए पनि नविकरण भने गरेको छैन् । कार्यकारी अध्यक्ष न्यौपानेले नयाँ शिक्षा नीतिले कलेज कम्पनीमा जाँदा विद्यार्थीको वैधानीकता संकटमा पर्ने भएकाले २०७४ सालमा कम्पनी दर्ता गरिएको भएपनि अहिले खारेज भएको बताए ।

कलेजको सम्पूर्ण बंैक खाता रोक्का गरिएकाले कलेज बन्द हुने अवस्थामा पुगिसकेको छ । कलेज सञ्चालकहरुले एकले अर्कालाई दोष लगाउँदा कलेज सामाजिक संस्था की निजी कम्पनी हो भन्ने विषय अन्योलमा रहेको छ ।

२०५१ सालमा लम्बोधर न्यौपाने, डा. रामरत्न उपाध्याय, डा. उपेन्द्र गौतम, डा. दिपक भट्टराई, लवराज भट्टराई, हरीप्रसाद पाण्डे र सूर्य बहादुर केसीको समूहले कलेज स्थापना गरेका थिए । हाल यस कलेजमा २ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यसैगरी विद्यार्थीको चलअचल गरी २ अर्ब भन्दा बढी सम्पती छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE