काजमा रहेका उपसचिवलाई प्रशासकीय अधिकृत बनाउने तयारी

प्रकाशित मिति :2018-06-13 11:04:33

Image result for संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं/जेठ ३०–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा मन्त्रालय शिक्षा विभाग अन्तर्गत काजमा रहेका उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने भएको छ ।

जिल्ला शिक्षा कार्यालय खारेज भएसँगै कामबिहीन भएका उपसचिवहरुलाई काज सरुवा भई शिक्षा विभागमा छन् । गाउँपालिका र नगरपालिका गरी ७० ठाउँमा प्रशासकीय अधिकृत खाली छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार काजमा रहेका उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने खटाउने तयारी भएको छ । मन्त्रालयले हालै ७७ इकाइमध्ये ४१ वटामा उपसचिव र ३६ इकाइमा अधिकृत खटाएको छ ।

अधिकृत खटिएका जिल्लाबाट काज सरुवा भई उपसचिव शिक्षा विभाग आएका हुन् । कामविहीन उनीहरुलाई विभागमै हाजिर गर्ने व्यवस्था मिलाईएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE