उच्चस्तरीय शिक्षा आयोगद्वारा ८ क्षेत्र निर्धारण, जिम्मेवारी बाँडफाँड

प्रकाशित मिति :2018-08-12 15:17:46


उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तेस्रो बैठकले आठ वटा क्षेत्र निर्धारण गरेको छ । आइतबार बसेको आयोगको बैठकले आयोगमा छलफलमा ल्याउनका लागि प्रतिवेदन लेखनमा सहयोग होस भनी उक्त समूह निर्माण गरेको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए ।
आयोगले निर्धारण गरेको समूह यस प्रकार छ ।

१) विषय क्षेत्र : उच्च शिक्षा
कार्य क्षेत्र : उच्च शिक्षा, विश्व विद्यालय वर्गिकरण, गुणस्तर, सुनिश्चितता र प्रत्यायन, अनुसन्धान र विकास, खुला तथा दुर, सिकाइ
विज्ञ सदस्य : डा. गङ्गालाल तुलाधर, प्रा.डा. सुजन बाबु मरहठ्ठा, प्रा.डा. शारदा थपलिया

२) माध्यमिक शिक्षा: माध्यमिक शिक्षा
कार्य क्षेत्र: विद्यालय व्यवस्थापन, प्रधानाध्यापक र शैक्षिक नेतृत्व, शैक्षिक मापदण्ड, शिक्षण संस्थाको अनुमति श्याम श्रेष्ठ
विज्ञ सदस्य: रमेश सिलवाल, चक्रमान विक

३) विषय क्षेत्र: आधारभुत शिक्षा, (प्रारम्भिक बाल शिक्षा समेत)
कार्यक्षेत्र: प्रारम्भिक बाल विकास, आधारभूत शिक्षा, विद्यालय व्यवस्थापन, प्रधानाध्यापक र शैक्षिक नेतृत्व, शैक्षिक मापदण्ड , शिक्षण संस्थाको अनुमति
विज्ञ सदस्य: प्रा.डा. मीन बहादुर विष्ट, लक्ष्मण शर्मा, प्रा.डा. रामस्वार्थ राय,

४) विषय क्षेत्र: जीवनपर्यन्त शिक्षा
कार्य क्षेत्र: जीवनोपयोगी सीप, साक्षरता शिक्षा, निरन्तर शिक्षा, खुला र दुर शिक्षा, बैकल्पिक शिक्षा
विज्ञ सदस्य: विमल फुयाल, डा. सुशन आचार्य
५) विषय क्षेत्र: प्राविधिक तथा व्यावसायीक शिक्षा : (शिक्षामा सूचना र प्रविधि समेत)
कार्यक्षेत्र: प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम, सीप परीक्षण, राष्ट्रिय व्यावसायिक योग्यता, सूचना प्रविधि ( ICT), प्रविधिमैत्री शिक्षा, पूर्वाधार विकास, शिक्षामा इन्टरनेटको उपयोग
विज्ञ सदस्य: प्रा.डा. टंकनाथ शर्मा, डा. कृष्ण पौडेल, प्रा.डा. मनिष पोखरेल,

६) विषय क्षेत्र: सुशासन, वित्त र साझेदारी
कार्य क्षेत्र: शिक्षक तथा कर्मचारी व्यवस्थापन, अभिभावक शिक्षा,सेवा प्रवाह, अनिवार्य र निःशुल्क शिक्षा, बैदेशिक सहायता परिचालन, विकास साझेदार र समन्वय संयन्त्र, शिक्षामा लगानी ढाँचा, शिक्षण संस्थाको अनुमति, नियमन तथा व्यवस्थापन, शिक्षामा गैर सरकारी संस्था, शिक्षण संस्थाको सम्पत्ति व्यवस्थापन
विज्ञ सदस्य: डा. उषा झा, डा. बाबुराम अधिकारी, बैकुण्ठप्रसाद अर्याल
७) विषय क्षेत्र: शिक्षामा गुणस्तर
कार्य क्षेत्र: पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा एवं मूल्याङ्कन पद्दती, शिक्षक शिक्षा र तालिम, शैक्षिक सुपरीवेक्षण, शिक्षण सिकाइ वातावरण, सुरक्षित विद्यालय, STEM- Science, Teachnology, Engineering, Mathematics

विज्ञ सदस्य: डि. आर पौडेल, खगराज बराल, नन्दकुमार थापा

८) विषय क्षेत्र: समावेशितार समसामयीक विषय
कार्य क्षेत्र:  समावेशीता, समाहित शिक्षा, लैङ्गिक समनता, Women Education, माध्यम भाषा, मूल्यमा आधारित शिक्षा,समुदाय परिचालन,

Education for Indegenuous group
विज्ञ सदस्य: प्रा.डा. विद्यानाथ कोइराला, डा. सदानन्द कडेल, प्रा. भारती जोशी

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE