बन्दकर्ताले गरे स्कुल बसमा आगजानी

प्रकाशित मिति :2018-08-14 04:32:30

काठमाडौं/२९ साउन– मकवानपुरको थाहा नगरपालिका ११ देउरालीमा बन्दकर्ताहरुले स्कुल बस जलाएका छन् ।


पालुङबाट नौबिसेतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको स्कुलबस बन्दकर्ताले पेट्रोले हालेर आगो लगाएका हुन् । भन्सार छुटाएर काठमाडौं आउँदै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएकाे छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण मंगलबार विद्यालयको पठनपाठन ठप्प भएको छ ।
विप्लव समूहको बन्दका कारण अधिकांश विद्यालय बन्द भएका छन् । कति विद्यार्थी र शिक्षकहरुलाई बन्दको बारेमा थाहा नहुँदा विद्यालय पुगेर फर्किएका छन् भने बिहान कक्षा सञ्चालन हुने कलेजहरु पनि सञ्चालन भएका छैनन् । गत मंगलबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा विप्लवले बन्दको आह्वान गरेको हो । बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE