परीक्षाफल प्रकाशित, नतिजा सहित

प्रकाशित मिति :2018-09-11 08:32:08

काठमाडौं/२६ भदौ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले स्वास्थ्य विज्ञान विषयमा ३ वर्षे प्रविणता तहको परीक्षाफल सार्वजनिक गरेको छ ।
भदौ १० गते देखि १७ गतेसम्म सञ्चालन भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटिईभीटि) वा सोद्धारा मान्यता प्राप्त संस्थाबाट परीक्षा दिएका परीक्षार्थीहरुको परीक्षाको परीक्षाफल सार्वजनिक गरिएको हो । पनिकाले आशिंक तथा नियमित दुवैतर्फको नतिजा प्रकाशित गरेको छ ।
नतिजा चित्त नबुझेका परीक्षार्थीहरुले पुनर्योगका नतिजा प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन पाउने पनिकाले जानकारी दिएको छ । यसैगरी सौद्धान्तिक परीक्षामा कुनै एक विषयमा अनुपस्थित भएमा वा अनुत्तीर्ण भएका परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउँछन् । मौका परीक्षा असोज २० गते एस.ओ.एस. हर्मन माइनर सानोठिमीमा हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE