आज राष्ट्रिय बाल दिवस मनाईंदै

प्रकाशित मिति :2018-09-14 05:23:01

Related image
काठमाडौं/२९ भदौ–“सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नारासहित आज नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय बाल दिवस मनार्इंदैछ ।
बाल दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले बेग्ला बेग्लै कार्यक्रम आयोजना गर्ने गरेका छन् भने विद्यालयले पनि विद्यार्थीहरुका लागि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
नेपालमा वि.सं.२०२९ साल देखि राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भम्रण गर्ने क्रमममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको देखिन। उनले भारतबाट फर्केपछि आफ्नो जन्म दिनपारी वि.सं.२०२९ भाद्र ४ मा नेपाल बाल संगठनको स्थापना गरी बालमन्दिरमा टुहुरा अनाथ बालबालिकालाई संरक्षण दिन थालिन । त्यसपछि त्यसदिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी नियमित रुपमा मनाउन थालिएको हो ।
बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रुपमा मनाउने अवधारणका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरी वि.सं.२०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो । वि.सं.२०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकाले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको थियो भने नेपाल सरकारले सोहि दिन नै बालदिवसको रुपमा मनाउने घोषणा ग¥यो । जसअनुसार हरेक भाद्र २९ गते बाल दिवस मनाउने गरिएको हो । बालबालिकाको विकास, बाल सहभागिता र बाल संरक्षण जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको अवसरमा यो दिवस मनाइन्छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE