निर्मलाको हत्यारालाई कारबाही माग्दै विद्यार्थीले गरे प्रदर्शन
काठमाडौं/२२ असोज– दाङको तुलसीपुर क्षेत्रका विद्यालयका विद्यार्थीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
विद्यार्थीले प्रर्दशनक्रममा ‘निर्मलालाई न्याय दे’, ‘बलात्कारी र हत्यामा संलग्नलाई फाँसी दे’ भन्दै नारा लगाउनुका साथै गृहमन्त्रीको राजीनामासमेत मागे थिए । प्रदर्शनमा संलग्न विद्यार्थीहरुले घटना भएको ३ महिना पुग्न लाग्दासमेत दोषी पत्ता नलागेको भन्दै सरकारको आलोचना गरेका छन् ।
बालिका निर्मला पन्तकाे गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकाे थियाे ।
Comment Here!