अब हरेक विद्यालयमा एउटा बगैंचा अनिवार्य

प्रकाशित मिति :2018-11-13 08:26:51

Image result for nepal school with treeकाठमाडौं/२० कात्तिक–देशभर रहेका हरेक विद्यालयको परिसरमा एउटा बगैंचा बनाउनुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेसँगै विद्यालयको खाली जग्गामा हरित क्षेत्र निर्माण गर्नुपर्ने व्यवस्था लागू भएको हो ।
मन्त्रालयले शिक्षा नियमावली २०५९ को नियम १९२ अनुसार नयाँ निर्देशिका ल्याएको हो । यस निर्देशिकाले एक विद्यालय एक बगैंचा तथा बृहत् हरित क्षेत्र निर्माण कार्यलाई अगाडि बढाउने नीति लिएको छ ।
सरकारले विद्यालय सेवाक्षेत्रका सार्वजनिक स्वामित्वमा रहेका खाली जमिनमा वृक्षारोपण गरी हरियालीयुक्त वातावरण बनाउने लक्ष्य लिएको छ । निर्देशिका सामूदायिक विद्यालय, निजी विद्यालय तथा स्वीकृत प्राप्त मदरसा, गुम्बा, बिहार, गुरुकूल, आश्रम र विशेष शिक्षाका स्रोत कक्षासमेत लागू हुने छ । हाल नेपालमा सामुदायिक र निजी गरी कूल ३५ हजार २२ विद्यालय छन् ।
एक विद्यालय एक बगैंचा तथा हरित क्षेत्र निर्माण कार्यक्रम प्रभावकारी बनाउन अब हरेक विद्यालयमा इको क्लब गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । आधारभूत तहका विद्यालयमा बढीमा ९ र माध्यमिक तहकाले ११ देखि १५ सदस्यीय क्लब गठन गर्न सक्नेछन् । इको क्लबको संरक्षकका रुपमा विद्यालयका प्रधानाध्यापक रहेनछन् । क्लबले सार्वजनिक तथा सार्वजनिक बाँझो जग्गामा विभिन्न वृक्षरोपण, तरकारी खेती, फलफूल खेती, काष्ठजन्य बिरुवा, जडीबुटी र औषधिजन्य बोटबिरुवा लगाउन सक्नेछन् ।
खाली जग्गा कम भएका विद्यालयले गमला, कौसी, बोरा, पर्खाल, बरन्डा, छतलगायतका उपयुक्त स्थान र तरिका छनोट गरी बगैंचा निर्माण गर्नुपर्नेछ । प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने विद्यालयले बाली विज्ञान वा पशुपालन विषय सञ्चालन गरेको भए थप बगैंचा प्रयोगशालाका रुपमा तयार गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
विद्यालयले स्थानीय तह, सामाजिक संस्था, गैरसरकारी संस्थासँगको समन्वय र सहकार्यमा एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
यसैगरी निर्देशिकामा विद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा लिजमा वा अन्यलाई भाडामा दिन नपाउने व्यवस्था समेत गरेको छ । बगैंचा र हरियालीले विद्यालयलाई आकर्षक, मनोरमस्थल र जीवित प्रयोगशालाका रुपमा विकास गर्ने तथा विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक ज्ञान व्यावहारिक र जीवनोपयोगी बनाउने अपेक्षा गरेको छ ।
निर्देशिकामा विद्यालय परिसरभित्र बगैंचा तथा हरित क्षेत्र निर्माणसम्बन्धी विभिन्न कार्यक्षेत्र निर्धारण गरेको छ । कार्यक्षेत्रमा विद्यालयमा हरित बगैंचा, हरित घेराबार, औषधिजन्य जडिबुटी बिरुवाको बगैंचा, सदावहार तथा मौसमी फूलबारी निर्माण गर्न सकिनेछ । यसैगरी विद्यालयको छत, बरन्डा, करिडोर आदिमा गमलामा अर्नामेन्टल बिरुवा तथा आकर्षक फूलका बिरुवा, अन्य विभिन्न बिरुवा (धूपी, अशोका, साइकस, क्रिसमस ट्रि आदि) र फलफूल बिरुवा (अम्बा, आँप, लिची, स्याउ, नासपाती आदि) सहितको बगैंचा निर्माण गर्न सक्ने व्यवस्था गरेको छ ।
अभियानका रुपमा मुलुकभर यो कार्यक्रम लागू गर्नका लागि शिक्षा सचिवको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ भने प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न समिति तथा उपसमिति गठन गर्न निर्देशिकामा उल्लेख गरिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE