रुपा गाउँपालिकाका प्रअहरुको नमुना विद्यालय अवलोकन भ्रमण

प्रकाशित मिति :2019-03-14 10:39:24

काठमाडौं/३० फागुन– कास्कीको रुपा गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको एक दिने नमुना विद्यालय अवलोकन भ्रमण सम्पन्न भएको छ ।
गाउँपालिकाभित्र सञ्चालित ३२ वटा आधारभूत तथा माध्यमिक सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्षहरुले तनहुँको दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यायको भ्रमण गरेका छन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेले गाउँपालिकाभित्रका विद्यालयको चौतर्फी विकासका लागि अन्य नमुना विद्यालयबाट केही सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको बताए । उनले सिकेका सकारात्मक कुरालाई आफ्ना विद्यालयमा लगेर कार्यान्वयन गर्न समेत प्रधानाध्यापक र अध्यक्षहरुलाई आग्रह गरेका छन् । उनले गाउँको विकास गर्नका लागि शिक्षा र स्वास्थ्यको विकास गर्नुपर्ने निष्कर्षसहित गाउँपालिकाले अभियान अघि बढाएको जानकारी दिए ।
भ्रमणमा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले सामूदायिक विद्यालयलाई राजनीतिक हस्क्षेपमुक्त बनाउने हो भने धेरै समस्याको समाधान हुने जिकिर गरे । विद्यालयको कुनै पनि पदमा बस्नुको उद्देश्य आफ्ना मान्छेलाई जागिर खुवाउने मात्र भयो भने हानिकार हुने भन्दै उनले भने,“हाम्रालाई होइन, राम्रालाई विद्यालयमा प्रवेश गराउनुपर्छ ।” अधिकारीले सामूदायिक विद्यालयको विकासका लागि समूदायको सहयोग, प्रधानाध्यापकको कार्य कुशलता, कर्मचारीको सकारात्मक समन्वय र व्यवस्थापन समितिको उचित निरागनी आवश्यक पर्ने अनुभव सुनाए । उनका अनुसार सत्यवतीको उन्नति हुनुमा अभिभावकको सकारात्मक साथ नै प्रमुख कडी हो ।
विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अवलोकनसहित आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले २७ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा सरकारी दरबन्दीबाहेक ४९ जना निजी शिक्षक रहेको जानकारी दिए । उनले अभिभावकको सहयोगबाट विद्यालयले चौतर्फी विकासमा सहजता महशुस गरेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE