शिक्षक लाइसेन्स विज्ञापन छिटै खुल्ने

प्रकाशित मिति :2019-04-16 10:20:34


काठमाडौं/३ बैशाख– शिक्षा सेवा आयोगले यसै साता भित्रमा शिक्षण अनुमति पत्र(लाइसेन्स) काे परीक्षाका लागि विज्ञापन खुलाउने भएको छ ।
आयोगका प्रशासकीय प्रमुख डा.तुलसी थपलियाका अनुसार विद्यालयका माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको शिक्षकको लागि लाइसेन्स परीक्षा लिन लागिएको हो । उनले बताए,“ अन्लाइनबाट फारम भरिने भएको कारणले हल्का ढिला भएको हो ।” चैतभित्रै विज्ञापन खुलाउने तयारी गरिएको भएता पनि नयाँ प्रविधिको कारणले ढिलाई भएको उनले एजुकेशन न्यूजलाई जानकारी दिएका छन् ।
आयोगले माध्यमिक र निम्नमाध्यमिक तहको विषयगत परीक्षा लिने भएको छ । वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण लिइने तयारी गरिएको उनले जनाए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE